मंसिर २२, विराटनगर /विराटनगर–१९ मा रहेको मदर मेरी ईङ्गलिस बोर्डिङ स्कूलमा आँखा शिविर आयोजना गरिएको छ । बुधवार आयोजना गरिएको शिविरमा २ सय ३१ जनाको आखा परिक्षण गरिएको छ ।
रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगर, फ्रेड हलोज फाउण्डेशा अष्ट्रेलिया तथा तिल गंगा आँखा अस्पतालको सहकार्यमा आँखा शिवर सञ्चालन गरिएको स्कूलका प्रिन्सीपल देव राँयले जानकारी गराए ।
विरामीलाई निशुल्क आँखा जाँच, औषधी वितरण तथा मोतियाविन्दु भएका विरामीहरुलाई निशुल्क शल्यक्रिया रामलाल गोल्छा आँखा अस्पताल गर्ने प्रिन्सीपल राँयका बताए ।
रामलाल गोल्छा आँखा अस्पतालका साहायक चिकित्सक राजेश यादब, सजर पोखरेल, संतोष कट्टेल र जेपी मेहताले विरामीको आँखा जाँच गरेका थिए ।