AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश नं ५ टुक्रिदैंनः सुवास नेम्वाङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७३, मंगलवार १६:३४
3
Shares
फाइल तस्वीर
२१ मंसिर, सोलुखुम्बु / नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कुनै पनि हालतमा प्रदेश नं ५ नटुक्रने बताएका छन्।

संविधान कार्यान्वयनका लागि चारमहिने जनपरिचालन अभियानको आज यहाँ उद्घाटन गर्दै नेता नेम्बाङले अहिले प्रदेश नं ५ बाट मधेस अलग गराउने विधेयक आएको र पछि प्रदेश– १ बाट झापा, मोरङ र सुनसरी तथा पश्चिममा कैलाली–कञ्चनपुर टुक्र्याउने र अन्त्यमा तराई र पहाड पूरै अलग गराएर नेपालको समृद्धिमा ठेस पु¥याउने खेल भइरहेको विचार व्यक्त गरे।

मधेसकेन्द्रित दलको मागमा त्यहाँका नागरिकको सहमति नभई सीमित स्वार्थी नेताको मात्र भएको बताउँदै पूर्वसभामुख नेम्वाङले यसमा नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्र पनि लागिपरेको देख्दा आफूलाई अचम्म लागेको बताए । उनले भने“अहिले नयाँ संविधान कार्यान्वयनको विकल्प छैन।”

नेता नेम्वाङले तराई– मधेस, पहाड र हिमाल सबै मिलाएर नेपाललाई समुन्नत दिशामा अघि बढाउने काम एमालेको नेतृत्वमा मात्रै सम्भव हुने जिकिर गरे। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर