AArya
RUMPUM
animated ellipse animated ellipse

सुप्रिम होटल स्कूल सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० मंसिर २०७३, सोमबार १५:४१
3
Shares
२० मंसिर,विराटनगर/ विराटनगरमा नया होटेल म्यानेजमेन्ट स्कुल सञ्चालनमा आएको छ । मलेसियाको लिंकन यूनिभर्सिटीको सम्बन्धन र सिटीभीटीबाट स्वीकृत लिएर विराटनगर–१६ मा सुप्रिम होटल स्कूल सञ्चालनमा आएको हो ।
देश विदेशका उच्चस्तरीय स्टार होटलका निमित दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विराटनगरमा पहिलो पटक स्कूल सञ्चालन ल्याएको प्रिन्सीपल पुष्पराज पडालले जानकारी दिए ।
करिव १ करोडको लगानीमा कुलिनियर स्टूडियो एंव प्रोफेसनल वार सहितको स्कूलको प्रथम व्याचको विद्यार्थीहरुलाई सोमवार स्वागत गरीएको थियो ।
कार्यक्रममा लर्डबुद्ध उ.मा.वि. का प्रिन्सिपल सरोज भट्टराई, प्राध्यापक प्रदिप दुवे, लर्डबुद्ध कलेजका संचालक इसानकुमार राई कलेजका प्रिन्सिपल पुष्पराज पडाल, यूनिभर्सल लर्डबुद्ध एकेडेमि विराटनगर प्रा.लि. का अध्यक्ष नितिन चन्द्र गजुरेल लगायतले कलेजको उद्देश्य तथा संचालनका बारेमा बताएका थिए । कलेजको पहिलो ब्याचमा २२ विद्यार्थी भर्ना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर