AArya
RUMPUM
animated ellipse animated ellipse

षडानन्द जन्मजयन्तीमा अच्युत प्रप्रन्नचार्य पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७३, आईतवार २०:०६
3
Shares
१९ मंसिर, विराटनगर / बालगुरु आबाल ब्रह्मचारी षडानन्द अधिकारीको १ सय ८२ औं जन्मजयन्तीको अवसरमा स्वामी अच्युत प्रप्रन्नचार्य पुरस्कृत भएका छन् ।
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान उपसमिति विराटनगरले आइतबार विराटनगर कार्यक्रम गरेर राजेन्द्रप्रसाद चापागाईंद्वारा स्थापित ११ हजार १ सय ११ रुपैयाँ राशिको रमानाथ–खड्गप्रसाद चापागाईं–षडानन्द स्मृति पुरस्कार प्रप्रन्नचार्यलाई समर्पण गरेको हो । त्यस्तै सोही अवसरमा सेमन्तकुमारी अधिकारीलाई समेत प्रतिष्ठानले सम्मान गरेको थियो ।
प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, सनातन धर्म सेवा समिति मोरङका अध्यक्ष शिवदत्त भट्टराई, परोपकार अभियान समूहका अध्यक्ष बाबुराम न्यौपाने, प्रतिष्ठानका अध्यक्ष गायत्रीकुमार चापागाईं, कवि दिङ्लाली कान्छोलगायतले बालागुरु षडानन्द शिक्षा, संस्कृति तथा सदाचारका ज्योति भएको टिप्पणी गरेका थिए ।
त्यस्तै उनीहरुले षडानन्द पूर्वीय अध्यात्म–धर्म–दर्शनका प्रकाण्ड विद्वान र समाज सुधारक भएको बताएका छन्। कार्यक्रममा भीमप्रसाद नेपाल, इन्दिरा भट्टराईलगायतले कविता वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर