AArya
RUMPUM
animated ellipse animated ellipse

आहा रारा गोल्डकप माघ माघ ४ गतेदेखि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७३, आईतवार १९:५०
3
Shares
१९ मंसिर, पोखरा । मोफसलको चर्चित फुटबल प्रतियोगितान आहा रारा गोल्डकपको १५औं संस्करण आगामी माघ ४ गतेदेखि हुने भएको छ ।
आयोजक सहारा क्लवकाले आज आईतबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको माघ ४ गतेदेखि १५ गते सम्म पोखरा रंगशालामा हुने जानकारी गराएको छ ।
सहारा क्लवका अध्यक्ष बीरभद्र आचार्यले भने ‘खेलकुदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने साविकको नारा अनुरुप प्राप्त समय तालिका अनुसार हामीले प्रतियोगिताको तयारी सुरु गरिएको बताएं ।’
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्रािष्ट्रय गरी १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा राष्ट्रिय स्तरका ५ क्लब , ३ विदेशी, ३ विभागीय र एक आयोजक टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख एक हजार, उपविजेताले २ लाख ५१ हजार नगद पुरस्कार पाउनेछ भने उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पुरस्कार पाउनेछन् ।
१२ दिन सम्म चल्ने प्रतियोगितामा ८२ लाख ९२ हजार ३ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लवका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक केशबबहादुर थापाले जानकारी दिए ।
प्रतियोगिताबाट २४ लाख ९० हजार रुपैयाँ बचत हुने र सो रकम क्लवद्वारा सञ्चालित सहारा एकेडेमी सञ्चाल गरिने क्लवका महासचिव केशवराज बरालले बताए । एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालकहरु रहेका छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा यस वर्षपनि हिमश्री फुड्स प्रालीको आहा रारा चाउचाउे रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर