AArya
RUMPUM
animated ellipse animated ellipse

दलहरु मिलेर संविधान कार्यान्वयन गर्नुपर्छ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७३, शनिबार २०:१३
3
Shares
फाइल तस्वीर
१८ मंसिर इलाम नेकपा एमालेका संसदीय दलका उप–नेता सुबासचन्द्र नेम्वाङले सबै दलहरु मिलेर संविधान कार्यान्वयनमा जानुको विकल्प नभएको बताएका छन् ।
शनिबार इलामको बाँझोको लारुम्बाम रहेको किराँत धर्मगुरु आत्मनन्द लिङदेनको ६३ औं जन्मोत्सवको अवसरका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले पहिला जसरी दलहरुले सहमति गरेर संविधान घोषणा गरियो त्यस्तै सहमति गरेर संविधान कार्यान्वयनको बाटोमा जानुपर्ने बताका छन् ।
नेता नेम्वाङले संविधान संसोधन विधयेक संसदमा दर्ता हुँदा त्यसको विरोधमा पश्चिम नेपालमा उर्लिएको मानव सागरलाई सत्ताधारी दलहरुले ध्यानमा राखेर जनताको माग र देशको आवश्यकतामा विचार पुर्याउनु पर्ने बताइ । उनले संविधान कार्यान्वयन पहिला कि संसोधन पहिला भन्ने विषयमा दलहरु स्पष्ट भएर अगाडि बढ्न सुझाव दिए ।
अहिले संविधानलाई कार्यान्वयन गर्दै स्थानीय निकायको निर्वाचन आवश्यक रहेकाले विषयलाई आयोग मार्फत टुङ्गो लगाउन सकिने पनि स्पष्ट पारे । आफ्नै निर्वाचन क्षेत्रमा आइपुग्नु भएका नेता नेम्वाङले स्थानीय विकास निर्माणमा आफू सधैं सचेत रहेको भन्दै स्थानीय विकास निर्माणका काममा सुधार गर्न र कसैले कमजोरी गरे त्यो कमजोरीका विषयमा आफूलाई जानकारी गराउन पनि स्थानीय संग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर