AArya
RUMPUM
animated ellipse animated ellipse

संशोधनको विरोधमा प्रदर्शन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ मंसिर २०७३, बिहीबार १८:०६
3
Shares
१६ मंसिर,विराटनगर/ एमाले भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु मोरङले संविधान संशोधनको विरोध गर्दै विहिबार विराटनगरको जनआन्दोलन चौकमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले सरकार विरोधी नारा लगाउँदै संशोधन प्रस्ताव फिर्ता लिन माग गरेका छन् । उनीहरुले नालायक सरकार राजीनामा दे, राष्ट्रघाती संविधान संशोधन दर्ता फिर्ता गर, नेकपा एमाले जिन्दावाद भन्दै नाराबजी गरे ।
कार्यक्रममा बोल्दै युवा संघका रोहित कोइरालाले नेपाली जनताको चाहना विपरीत संसद्मा दर्ता गराइएको संविधान संशोधन विधेयक तत्काल फिर्ता नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर