काश्मिरमा बिद्रोहीसँगको भिडन्तमा सात भारतीय सैनिकको मृत्यु
पूर्वाञ्चल खबर
१५ मंसिर २०७३, बुधबार १८:३०
3
Shares
१५ मंसिर, जम्मु/ भारत प्रशासित जम्मुको नगरोटामा सुरक्षाकर्मी र बिद्रोही बिच भएको भिडन्तमा सात भारतीय सुरक्षाकर्मीको ज्यान गएको छ ।
बिद्रोहीले नगरोटामा रहेको सेनाको शिविरमा मंगलबार आक्रमण गरेपछि भिडन्त सुरु भएको थियो । भिडन्तको क्रममा भारतीय सेनाका दुई अधिकारी तथा पाँच जवानको ज्यान गएको हो भने तीन बिद्रोही पनि मारिएका छन् ।
बिद्रोही सेनाको शिविरमा प्रवेश गरेर १२ सैनिक, दुई महिला तथा दुई बालकलाई बन्धक बनाएका थिए । त्यसपछि भारतीय सेनाले जवाफी कारवाही गरेर बन्धक बनाएका सबैलाई सकुशल उद्धार गरेको थियो । बिद्रोही विरुद्धको कारवाही अभियान जारी रहेको र सम्पूर्ण क्षेत्र घेराबन्दी गरिएको भारतीय सेनाका प्रवक्ता कर्नेल मनीष मेहताले बताएका छन् ।
सीमा सुरक्षा तथा बिद्रोही विरुद्धको कारवाही अभियानको योजना बनाउने जम्मुबाट १५ किलोमिटर पर रहेको सेनाको १६ कोर मुख्यालयमा आक्रमण भएको हो । साँबा सेक्टरको अन्तर्रा्ष्ट्रिय सीमामा पनि बिद्रोही र भारतीय सीमा सुरक्षा बल (बिएसएफ) बिच गोली हानाहान भएको छ ।
अन्तराष्ट्रिय सीमामा भएको गोली हानाहानमा एक जवान घाइते भएका छन् । गएको सेप्टेम्बर भारत प्रशासित जम्मु काश्मिरको उडीमा रहेको भारतीय सेनाको एक शिविरमा आक्रमण आक्रमण भएपछि भारत र पाकिस्तानबिच तनाव भइरहेको छ । एजेन्सी