AArya
RUMPUM
animated ellipse animated ellipse

सरकारले हतारमा संविधान संशोधन प्रस्ताव ल्यायो -सिटौला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७३, बुधबार १८:०९
3
Shares
१५,मंसिर, विराटनगर /नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले हतारमा संविधान संशोधन प्रस्ताव ल्याएको बताएका छन् ।
विराटनगर विमानस्थलमाा बुधबार साँझ स्थानिय संचारकर्मीसँग कुरा गर्दै नेता सिटौलाले दलहरुसँग गहन छलफल गरेर मात्र संविधान संसोधन प्रस्ताव सरकारले ल्याएको भए सहमति जुुटाउन सहज हुुने उनको भनाई थियो ।
संविधान निमार्णमा एमालेको भुुमिका प्रभावकारी भएकाले एमालेलाई निषेध गरेर मुुलुुकले निकास पाउन नसक्ने उनले बताए । नेता सिटौलाले संविधान सर्वस्वीकार्य बनाउन संविधान संशोधन प्रस्ताव आवश्यक रहेको भन्दै त्यसमा सहमती जुुटाउन प्रधानमन्त्रीले सवै दलहरुसँग छलफल चलाउनुुपर्ने बताएका छन् ।
मधेशी मोर्चाका नेताहरुले समेत प्रस्तावमा असहमती जनाएको अवस्थामा मधेशी मोर्चा तथा प्रमुुख प्रतिपक्ष दल एमालेलाई सहमतीमा ल्याउनु सरकार लाग्नुुपर्ने उनले बताए । नेता सिटौलाले आगामी १४ महिनाभित्र तिनैतहको निर्वाचन सम्पन्न गर्नुुपर्ने भएकाले राजनितिक सहमती आवश्यक रहेको वताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर