AArya
RUMPUM
animated ellipse animated ellipse

दिपकराज गिरीलाई मनपर्ने अभिनेता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७३, बुधबार १३:३६
3
Shares
अनिल श्रेष्ठ
हास्यकलाकारको रुपमा ख्याति कमाएर अभिनेताको रुपमा चम्किएका दिपकराज गिरी हरेक विधामा आफुलाई उत्कृष्ट सावित गर्दै आएका छन् । तितोसत्य टेलिसिरयल बन्द गरि अहिले चलचित्र क्षेत्रमा आएका उनले अभिनयसँगै निमार्ण गरिएको चलचित्र सफलसमेत भएको छ । उनले “६ एकान ६”, “वडा नम्बर ६” जस्ता फरक – फरक विषयबस्तुमा आधारित चलचित्रमा सशक्त अभियन गरिसकेका छन् । भदौ २४ गते प्रदर्शनीको क्रममा रहेको चलचित्र “छक्का पन्जा” बाट पनि दिपक आशावादी देखिएका छन् । केहि समय अघि चलचित्रको प्रचार – प्रसार गर्दै पूर्वी सहर विराटनगर आएका अभिनेता गिरीले सबैभन्दा मन पर्ने अभिनेताको नाम यसरी लिए ।
दयाहाङ राई
दयाहाङ राइले पछिल्लो समय नेपाली सिनेमाको टे«ननै चेन्स गर्नेमा उनको पनि हात छ । थ्रेटरबाट आएका कालाकारहरुले चलचित्रको परिभाषानै चेन्ज गरेको छन् । नेपाली चलचित्रमा एकै खालेमात्र नायकको समित भएको थियो । तर, अब दयाहाङको आगमन पछि त्यस्तो रहदैन । अर्को कुरा भनेको सजिलो होस् अथवा अप्ठ्यारो, हरेक परिस्थितिमा नआत्तिई, रिल्याक्स भएर, धेरै सोचेर काम गर्न सक्ने क्षमता भएका अभिनेता हुन — दयाहाङ राई ।
आर्यन सिग्देल
अभियनमा बढी मेहन गर्ने चकलेटि हिरो भएको कारणले पनि स्वाभिक रुपमा उनी मन पर्दछ ।
राजेश हमाल
महानायक राजेस हमालको पनि मन पर्ने अभिनेताको रुपमा नाम छुटाउन मिल्दैन । उहाँले नेपाली चलचित्रलाई लामो समयसम्म ढोरयाउनुभएको छ । एक दशकसम्म उहाँले नै राज गर्नुभयो चलचित्र क्षेत्रमा । अहिले आएर महानायक मन पर्दैन भन्न मिल्दैन ।
सरोज खनाल
चलचत्रि क्षेत्रमा लोमो समय सम्म योगदान गर्ने कलाकारको रुपमा नायक सरोज खनाल हुन । उनीमा अभिनय गर्ने देखी गम्भीर प्रकृतिको भूमिकामासमेत सरल तरिकाले संवाद बोल्नै शैली मलाई मन पर्छ ।
भुवन केसी
डे«सअपमा म हिरो हु भन्ने खालको डे«सअप गर्ने भएकोले भुवन केसी मन पर्छ । उनले नेपाली चलचित्रलाई मनदेखी माया गर्ने भएकाले अभिनेता भन्दा मलाई भुवन केसीलाई चलचित्रको निर्मताको रुपमा मन पर्छ ।
हरिवंश आचार्य
हरिवंश आचार्य दाईले धेरै हास्य चलचित्र बनाएरै नायक भइसक्नुभएको छ । जति बेला पनि हसाउन सक्ने क्षमता भएको कलाकारका रुपमा लिन्छु । यस्तो कौशल निकै कम अभिनेतामा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर