AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सीमांकन हेरफेरसहित संविधान संशोधन प्रस्ताव संसदमा दर्ता, यस्तो छ प्रस्ताव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७३, मंगलवार २१:३०
3
Shares
१४ मंसिर, काठमाडौं । सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक पास गरेको छ । र, संसद सचिवालयमा दर्ता भएको छ ।
मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले प्रदेश नम्बर ४ र ५ नम्बरको सीमांकन फेरफेरसहित संशोधन प्रस्ताव पास गरेको हो । जस अनुसार प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र आधा रुकुम अब प्रदेश नम्बर ४ मा जानेछ ।
संशोधन प्रस्तावमा भाषा आयोगको सिफारिस अनुसार राष्ट्रिय भाषा बनाउने गरी संविधानको अनुसूचीमा राख्ने उल्लेख छ । यस्तै नेपालीसँग विवाह गर्ने महिलाले पुरानो नागरिकता त्यागेपछि अंगीकृत नागरिकता दिने अर्को संशोधन छ ।
यस्तै राष्ट्रिय सभा गठनमा दलित, महिला र अपाङ्ग/अल्पसंख्यक गरी ३/३ जना प्रत्येक प्रदेशबाट चयन हुनेछन् भने बाँकी जनसंख्याका आधारमा हुनेछ । हाल संविधानमा प्रत्येक प्रदेशबाट समान ८/८ जना रहने व्यवस्था छ ।
constitutional-amendment-proposalअनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर