AArya
RUMPUM
animated ellipse animated ellipse

पुर्वाञ्चलका अधिकारकर्मीहरु बिराटनगरमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७३, मंगलवार १५:३१
3
Shares
१४ मंसिर,बिराटनगर/मानवअधिकारको वकालत गरिरहेका पुर्वाञ्चलका अधिकारकर्मीहरुको साझा सञ्जाल पुर्वाञ्चल मानव अधिकार रक्षक संजालको दोश्रो बृहत सम्मेलन बिराटनगरमा शुरु भएको छ ।
मर्यादा, समानता, न्याय र शान्ति, सवै मानवअधिकार सवैका निम्ति भन्ने नाराका साथ शुरु भएको सम्मेलनमा सोलुखुम्बु र ओखलढुंगा बाहेक १४ जिल्लाबाट स्थानीय अधिकारकर्मीहरु सहभागी छन् । पुर्वको मानवअधिकार आन्दोलनमा सकृय रहेका सवै अधिकारकर्मीहरुको आफ्नै अधिकारको सुनिश्चितताका लागि प्रत्येक दुईबर्षमा सम्मेलन गरिंदै आएको आयोजकले जनाएको छ ।
सम्मेलनको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि एवं मानव अधिकार आयोगका पुर्व सदस्य शुसिल प्याकुरेलले राजनीतिक नेतृत्वभित्र संकिर्णता रहिरहँदा सामाजिक विकासको बाटो रोकिएको बताएका छन् । उनले मानव अधिकारकर्मीहरुकै कारण मानव अधिकार आन्दोलन गाउँमा पुग्न सकेपनि दलहरुमा रहेको त्यहि संकिर्णताले राजनीतिक परिवर्तन संस्थागत हुनु नसकेको बताएका छन् ।
प्याकुरेलले मानव अधिकारको सम्मान बिना एक्लै वा एउटा समुदायका लागि मात्रै गरिएका आन्दोलनबाट राजनीतिक निकास ननिस्कने दाबी गरेका छन् । राजनीतिक विश्लेषक हरिश शर्माले देशमा हरेक १०÷१० बर्षमा उल्लेख्य खालको राजनीतिक परिवर्तन भईरहेपनि व्यवस्थापनको अभावमा आन्दोलनहरु थाक्दै गएको बताएका छन् । परिणामस्वरुप गतिशिलता हराउँदै गएको र चिन्तित समाजको विकास हुँदै गएको बताए । वहाँले जवाफदेहिता विनाको राजनीतिक प्रतिवद्धताले देशमा समस्याहरु बढ्दै गएको दाबी गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे, माओवादी केन्द्रका केन्द्रीय सदस्य गणेश उप्रेती , संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य जयराम यादव, पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साल, वरिष्ठ अधिवत्ता चन्द्रमणी नेउपाने, महिला तथा बालबालिका कार्यालय मोरङका प्रमुख दुर्गा बराल, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय बिराटनगरका प्रमुख झंकर रावल लगायतका अतिथिहरुले अधिकारकर्मीहरुको पेशागत हकहितका लागि सम्मेलनको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमका अध्यक्ष एवं पुर्वाञ्चल मानव अधिकार रक्षक संजालका संयोजक सोमराज थापाले पुर्वाञ्चलमा सकृय करिव एक हजार मानव अधिकारकर्मीहरुको हक संरक्षणका लागि संजाल सक्रिय रुपमा लागिपरेको बताएका छन् ।
बुधबारसम्मका लागि आयोजना गरिएको सम्मेलनमा पुर्वका करिव तीन सय प्रतिनिधि एवं पर्यवेक्षकहरुको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर