१० मंसिर, विराटनगर/ थारु कल्याण कारिणि सभा मोरङले जिल्ला प्रशासन कार्यालय मोरङमा आज शान्तिपूर्ण प्रदर्शन गरेको छ ।
थरुहट थारुवान स्वायत्त प्रदेशको माग राख्दै आएको थारु कल्याण कारिणि सभाले पटक पटक आफुहरुले राज्यसंग आफ्नो माग राख्दै पनि बेवास्ता गरेको भन्दै आज शान्तिपुर्ण प्रदर्शन गरेको हो । थारु कल्याण कारिणि सभाले आज जिल्ला प्रशासन कार्यालयको मुल गेटमा एक घण्टा मैनबत्ति बालेर शान्तिपुर्ण मौन प्रदर्शन गरेका हुन् ।