९ मंसिर,विराटनगर/ तालिम लिएर दक्ष भएका जनशक्ति श्रम बजारमा नै नदेखिने गरेको सरोकारवालाहरुले बताएका छन् ।
सिटिइ भिटी र युएनडिपीले विराटनगरमा बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागि सरोकारवालाहरुले तालिम लिएपनि दक्ष जनशक्ति अझै बजारमा अभाव हुने गरेको बताएका हुन ।
नेपालमा १७÷१८ वटा मन्त्रालयल र विभिन्न गैर सरकारी सस्थाले प्राविधिक व्यावसायिक शिक्षा र तालिम सञ्चालन गरेपनि ती तालिमबाट उत्पादन भएको जनशक्ति कहा छ भन्ने लेखा जोखा नभएको युवराज आचार्य बताएका छन् । उनका अनुसार व्यावसायिक तालिम लिनेवयक्तीहरु बढेपनि बजारको माग अर्कै हुदा समस्या हुने गरेको बताए ।
बजारको आवश्यकता अनुरुप जनशक्ति उत्पादन गर्नु पर्ने आचार्यको जोड थियो । व्यावसायिक तालिम लिएपनि धेरै भने विदेशिने गरेको नरेन्द्र हुमागाईको गुनासो गर्नुभयो । तालिममा सहभागि भएर दक्ष भएपनि बजारमा नआउदा सधै अभाव हुने गरेको उनको भनाई छ ।