AArya
RUMPUM
animated ellipse animated ellipse

ट्यांकर मजदुरको आन्दोलनले पूर्वाञ्चलमा तेल अभाव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०७३, बिहीबार १८:१३
3
Shares
मजदुर र व्यवसायिको वार्ता निस्कर्षविहीन
९ मंसिर,विराटनगर/ ट्यांकर मजदुरहरूले विभिन्न माग राखि हड्तालमा उत्रिँदा पूर्वाञ्चलमा इन्धनको अभाव भएको छ । मजदुरहरुले नेपाल आयल निगमको विराटनगरस्थित क्षेत्रीय डिपोबाट ४ दिनदेखि पेट्रोलियम पदार्थ आपूर्ति हुन नसक्दा इन्धन अभाव हुन थालेको हो ।

कात्तिक १ मा निगमसित १५ बुँदे माग राखेका ट्यांकर मजदुरले सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकेका छन् । पटक–पटकको छलफलपछि अधिकतर माग पूरा भएपनि उनीहरूले पेट्रोलियम पदार्थको प्राविधिक कुरामा निहुँ झिक्दै ढुवानी प्रभावित पारेका हुन् ।
डिपो खाली गर्दा होस् वा पार्टी जाँदा, पहुँचको आधारमा नभएर सबैलाई समान रूपले क्रमसः ट्यांकर सञ्चालन गर्नुपर्ने, पेट्रोलियम पदार्थको तापक्रम लिने–दिने सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएसम्म पहिले चलेको प्रक्रिया अनुसार पाइपलाइन खाली गरी चेम्बर २० लिटरका तेल झारी कम्पोजिट स्याम्पल लिई तापक्रम मापन गर्नुपर्ने र डिपोबाट बिल बनेर बाहिर डिलरसम्म पुग्दा नाप जाँचको क्रममा तेल घटबढ हुने हुँदा तापक्रम हेरी अनलोड गर्ने व्यवस्था हुनुपर्ने उनीहरूको माग रहेको छ ।
बिहीबार ट््यांकर चालक र ढुवनी व्यवसायिहरुबिच बसेको बार्ता पनि निस्किर्षविहीन भएको हो नेपाल यातायात मजदुर संघ ट्यांकर इकाई समिति मोरङको अध्यक्ष केशब आचार्यलले जानकारी दिए । छफलफलमा लचता अपनाउँदा पनि व्यवसायिहरुले हाम्रो माग सुनवाइन नगरेको अध्यक्ष आचार्यको भनाई छ । उनका अनुसार वार्ता र सम्वादको माध्यमबाट हाम्रो माग पुरा नहुने भएकोले अब कडा आन्दोलनमा उत्रिने चेतवनी दिए ।
‘शुक्रबार एक खाले बातवरण नबने शनिबारदेखि पूर्वको सिलगुढी र बरौनी डिपुमा इन्धन लोडमा अवरोध पु¥याउनेछौँ – अध्यक्ष आचार्यलयले भने । ’
उनका अनुसार केही मिडियामा ट्यांक्कर चालको माग पुरा भयो भनेर समाचार आएको थियो । मिडियामा आएजस्तो नभएको अध्यक्ष आचार्यले बताए ।
यता आयल निगमका क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले चालकहरुकोे माग सम्बोधन हुनु प¥यो भनेर निगमको केन्द्रीय कार्यालयमा लेखेर पठाएको जानकारी दिए । ट््यांकर मजदुरहरूका यी प्राविधिक माग पेट्रोलियम डिलर एसोसिएसनसँग पनि सम्बन्धित रहेकाले आयल निगमले सबैको सहमतिमा पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको समस्या समाधान गर्न पहल गरिरहेको यादवले बताएका छन् ।
निगमको क्षेत्रीय डिपो विराटनगरले दैनिक ८ सय किलोलिटर डिजेल र ३ सयदेखि ३ सय ५० लिटरसम्म पेट्रोलको बिक्री–वितरण गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर