९ मंसिर,विराटनगर/ नागरीकहरुको स्थानीय स्रोत, साधनमा पहुच सम्बन्धी जिल्ला स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ ।
जागरण नेपालको आयोजनामा भएको कार्यक्रममा स्थानीय स्रोत र सेवा सुविधाहरुमा नागरिकहरुको पहुच बिषयमा कार्यपत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालय सह–प्राध्यापक डिल्ली प्रसाइले २७ प्रतिशत ग्रामीण जनसंख्याले अझै पनि खाद्य सुरक्षाको महसुस गर्न नसकेको जानकारी दिए । खाद्य असुरक्षाका कारणले जन्मेदेखि ५ बर्षसम्मका करीब २९ प्रतिशत बालबालिका कुपोषण र कमतौल हुने गरेका जानकारी दिइएको थियो ।
स्वास्थ्य क्षेत्रमा पनि महिला,दलितको अवस्था पनि कमजोर रहेको पाइएको जानकारी दिइएको थियो । यस्तै अझै पनि ग्रामीण क्षेत्रका १७ प्रतिशत बालबालिका शिक्षाको पहुचबाट टाढा रहेको जानकारी दिइएको थियो । ्
जिविस मोरङका सरोज गौतम, राष्ट्रिय मानव अधिकार आयोगका झङकर रावल लगायतका विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।