८ मंसिर, झापा / बिभागिय टिम शसस्त्र प्रहरी बलको एपीएफ क्लब काठमान्डौ सुरुङ्गामा जारी सहारा सुरुङ्गागोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
एपीएफले आज बुधबार भएको पहिलो सेमीफाइनल खेल अर्को बिभागिय टिम नेपाल पुलिस क्लब काठमान्डौंलाई पराजित गरी फाइनलको यात्रा तय गरेका हो ।
कनकाई माविको खेल मैदानमा भएको खेलमा एपीएफले पुलिसलाई पेनाल्टि सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको हो । अब उसले बिहीबार रुपन्देही–११ र मनाङ मस्र्याङ्दी बीचको खेलमा विजयी हुने टोलीसँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।
निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट भएको होे । पुलिसका बुद्ध लामाले गरेको प्रहार पोष्ट बाहिर गएको पछि पुलिस पराजित हुन पुग्यो । एपीएफका नविन लामा, आदित्य चौधरी, मिलन राई, पासङ लामा र रञ्जन विष्टको प्रहार गोलमा परिणत भएको थियो ।
पुलिसका विक्रम धिमाल, दिनेश गुरुङ, तेज तामाङ र दिनेश राजवंशीले गोल गरे ।
आजको खेल हेर्न नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्योटोकु कोजी खेल मैदान पुगेका थ्एि ।
खेलको म्यान अफ म्याच एपीएफका राजेन्द्र रावल घोषित भए ।