पूर्वाञ्चल खबर
८ मंसिर,विराटनगर /जिल्ला प्रहरी कार्यालय मोरङले मोरङबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारीलाई विदाई गरएिको छ ।
जिल्ला प्रहरीले आज आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरेर प्रमुख जिल्ला अधिकारी तोयम रायाको बिदाई कार्यक्रम गरेको हो । मोरङ प्रहरीका प्रमुख एसपी सन्दीप भण्डारीले प्रमुख जिल्ला अधिकारी रायालाई ढाका टोपी र पुष्पगुच्छासहित बिदाई गरेका थिए ।
मोरङका प्रहरी प्रवक्ता योगेन्द्रसिंह थापा, डिएसपी पवन भट्टराई, वडा प्रहरी कार्यालय विराटनगर(क)का डिएसपी सञ्जयसिंह थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर धनप्रसाद सिवाकोटीसहित कार्यक्रममा सहभागी प्रहरी अधिकृत र जवानहरुले समेत प्रजिअ रायालाई पुष्पगुच्छा र अबिरसहित बिदाई गरेका थिए । २०७२ साल माघमा मोरङ आएका प्रजिअ रायाको काठमाडौं सरुवा भएपछि उनको ठाउँमा यज्ञ कोइराला आउँने भएका छन् ।
त्यैसैगरी विराट ब्याडमिन्टन क्लव विराटनगरले आज एक कार्यक्रम गरी रायलाई बिदाइ गरेको हो । क्लबका अध्यक्ष शमसेर राईले छोटो समय मात्रै मोरङमा रहेपनि रायले उल्लेखनिय र प्रशंसनिय काम गरेको भन्दै प्रशंसा गरेका थिए । प्रमुख जिल्ला अधिकारी रायाले आफु मोरङमा रहँदा मधेश आन्दोलन, नाकाबन्दी तथा बाढी लगायतका चुनौतिहरु देखापरे पनि सबैको सहयोगमा काम गर्न सफल भएको बताएका छन् ।