७ मंसिर,विराटनगर/ विराटनगर–११ मधुमारास्थित महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नागेश कोइराला चुनिएका छन् ।
अभिभावकहरुको भेलाले मंगलबार कोइरालाको नेतृत्वमा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । कोइराला मोरङ कांग्रेसका सचिव समेत हुन् । राजनीति र समाजसेवामा सक्रिय कोइरालाले विद्यालयको गुणस्तर बढाउन आफूले काम गर्ने बताए । त्यस्तै रामप्रसाद मुखिया, दिनेशकुमार राय, रिंकु देव, निभादेवी सिंह, निशा आचार्य, मनोज मल्लिक, जीवन कोइराला र कृष्णप्रसाद गुरागाईंलाई भेलाले सदस्यमा चुनेको छ । विद्यालयमा ४ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।