AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गुरुकुलमा नाटक ‘ नेपाली आमा’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ मंसिर २०७३, आईतवार २१:१९
3
Shares
पुष्पराज थपलिया
विराटनगर/ आरोहण गुरुकुल विराटनगरमा नाटक नेपाली आमा मञ्चन गरिने भएको छ । नेपाली रंगमञ्चको क्षेत्रमा स्थापित कलाकारहरुको अभिनय रहेको नाटक नेपाली आमाको सोमवार मञ्चन गरिने भएको हो । img_8374नेपालमा रहेर १० बर्ष शिक्षण पेसा गरेका अमेरिकी नागरिक ब्रोउटर कोबर्नले लेखेको पुस्तकमा ‘नेपाली आमा’मा आधारित रहेर तयार पारिएको नाटक आारोहण गुरुकल विराटनगरमा सोमवार देखि तीन दिन सम्म मञ्चन गरिने भएको हो । img_8358अमेरिकाबाट आएका नागरिकले १० बर्ष स्याङजाको कोल्वाङ भन्ने गाउँमा शिक्षण पेसा गर्दा देखेका भोगेका कुराहरुलाई पुस्तकमा उतारेका छन् ।img_8402
स्याङजा बस्दा विष्णुमाया गुरुङलाई धर्म आमा बनाएका कोबर्नले लेखेको पुस्तकको मुख्य पात्र पनि विष्णुमाया नै हुन । बास्तिवक जीवनमा घटेको घटनालाई आधार बनाएर लेखिएको पुस्तकका आधारमा नाटक तयार पारिएको हो ।
सन २००० मा प्रकाशित पुस्तकमा आधारित रहेर सन २०१२ मा नाटक तयार गरिएको थियो । काठमाण्डौमा यस अघि नै मञ्चन गरिएको नाटक पूर्वमा पहिलो पटक मञ्चन गर्न लागिएको निर्देशक राजकुमार पुडासैनीले जानकारी दिए ।
नाटकमा देशभक्त खनाल, अरुणा कार्की, कमलमणि नेपाल, मिश्री थापा, पशुपति राई, चन्द्रा थापा, जानुका चौधरी, सविना गोपाली, आरती आचार्य हेमन्त चालिसे, आलोक थामी लगायत कलाकारले अभिनय गरेका छन् ।
नाटक मञ्चन हुनु भन्दा एक दिन अगाडि विराटनगरका स्थानिय पत्रकारहरुलाई देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर