५ मंसिर, विराटनगर/ “प्रहरी मेरो साथी” को ब्यानर मुनि संचालन गरिने प्रहरी र नागरिक हातेमालो कार्यक्रम अन्तर्गते बिराटनगर १४ मा रहेको शिक्षादिप कलेजमा आज चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरबाट खटिएका प्रहरी टोलीले कलेजमा कक्षा १२ मा पढ्ने छात्र र छात्राहरुलाई लागूऔषध दुर्व्यसनी, घरेलु तथा महिला हिंसा, लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका हुन् । प्रशिक्षण काक्रममा प्रहरी र बिधार्थीहरु विच अन्तरकृयात्मक छलफल समेत गरिएको थियो ।
प्रशिक्षण कार्यक्रमलाई क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव निरीक्षक कृष्णा कुमारी अधिकारी र प्रहरी जवान ओमराज पौडेलले सहजीकरण गरेका थिए ।