४ मंसिर, विराटनगर /विराटनगर–३ मा रहेको वुढानिलकण्ठ अग्रेजी मा. वि. मा दोस्रो त्रैमासीक परीक्षाको परीक्षाफल वितरणको अवसर पारेर “फरक धर्म भाषा र संस्कृती हाम्रो पहिचान, विश्वमा नै उठाएको छ नेपालीको शान ” भन्ने नाराका साथ नेपालमा कमै देखिएका जात–जातीहरुको संस्कृती झल्कने स्टल तयार गरिएको छ ।
आठ विभिन्न जातीका समुदायका संस्कृती झल्कने भेषभुषा, खानेकुरा, रहन सहन देखिने स्टलहरु राखिएको थियो । संन्थाल (सतार), माझी, झाँगड, दमाई, मुस्लिम, राई, मगर र राजवंशीका स्टलहरु थिए भने अको एक स्टलमा अन्य जातजातीहरुको एक–दुई जना विद्यार्थीहरुको स्टल राखिएको थियो ।
समुदायका भेषभुषा तथा खानेकुराका बारे जानकारी लिई त्यहि अनुसार सम्लग्न आफ्ना समुदायका विद्यार्थीहरुलाई सिकाईएको थियो । उक्त कार्यक्रमका लागी सम्बन्धित शिक्षक–विद्यार्थीहरुले त्यहि समुदायका ज्ञाता अभिभावकको सहयोग लिई स्टल तयार पारिएको स्कुलका प्राचार्य मणीराज भट्टराईले जानकारी दिए ।
कार्यक्रममा अभिभावकहरुले प्रजातान्त्रिक प्रकृयाबाट आफुलाई लागेका उत्कृष्ठ समूहलाई आ–आफ्नो मत दिएका थिए । ७ सय अभिभावक र शिक्षक, शिक्षीकाहरुले आफ्नो मत दिएका थिए । विद्यालय प्रदर्शनीमा सहभागिहरु मध्येबाट प्रथम हुने राजवंशी समूदाय, द्वितिय हुने मगर र तृतीय हुने राई समुदायलाई क्रमश ५ हजार नगद, ३ हजार नगद र २ हजार नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।