AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

संखुवासभाकी सुनिता तामाङले जितिन विराट भ्वाइस–२०२५ को उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ पुष २०८२, शनिबार ०८:४७
72
Shares
पुष्पराज थपलिया
विराटनगर / मोरङ उद्योग ब्यापार संघले पुस ९ गतेदेखि विराटनगर–१ पोखरियामा शुरु गरेको ‘विराट एक्स्पो २०२५’ मा विराट भ्वाइस–२०२५ को उपाधि संखुवासभाकी सुनिता तामाङले जितिन ।

शुक्रबार राती भएको फिनालेमा तामाङ ३९ प्रतिस्पर्धीलाई पछि पार्दै विराट भ्वाइस–२०२५ को उपाधि जितेकी हुन् । उनले नगद १ लाख र ट्रफि हात पारिन । त्यस्तै पथरीका राज लोहारले दोस्रो स्थानमा चित्त बुझाए भने विराटनगरका विशाल सुनाम तेस्रो भए ।

विराट भ्वाइसको निर्णायकमा सुमन श्रेष्ठ, सुभास न्योपाने र दिपेन थापा रहेका थिए । हरेक विराट एक्स्पोको अवसरमा गर्दै आएको विराट भ्वाइसको वितेतालाई संघका अध्यक्ष अनुपम राठीले पुरस्कार तथा ट्रफि वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर