सगरमाथामा भूकम्प झेलेका अनिश भन्छन–घरमा माया मारेका थिए
पूर्वाञ्चल खबर
४ मंसिर २०७३, शनिबार ०८:०५
3
Shares
विराटनगर/झापाको मौसम औषत ३० डिग्री भन्दा माथि नै हुन्छ । गर्मी मौसममा हुर्के बढेका मानिसलाई हिमाली क्षेत्रमा टिक्न मुस्किल पर्छ । बाह्रै मास हिउ जमीरहने हिमाली क्षेत्रमा तराईमा हुर्के बढेका मासिनलाई बस्न सजिलो थिएन । अझ विश्वको सर्वाेञ्च शिखरमा पाइला राख्नु सामान्य छैन । जो कोही मानिसले ज्यान नै जोखिमा राखेर आट गर्दैन सगरमाथा चढन । तर झापाका २४ बर्षे युवा अनिस लुइटेलले मृत्युलाई जितेर फर्केका छन् ।
पहिलो पटक सगरमाथा चढन गएका उनी शक्तिसाली भूकम्पमा परे । सगरमाथाको क्याम्प २ मा पुग्दा भूकम्पमा परेका उनी भाग्यले बाचे । विनासकारी भूकम्पलाई सगरमाथामा भागेका उनले हरेस खाएनन । दोस्रो पटकको प्रयासपछि सर्वाेच्च शिखर सगरमाथामा पाइला राखे बुद्ध जयन्तीको दिन ।
२०७२ साल बैसाख १२ गते सगरमाथा आसपासको मौसम खुलेको थियो । सेतै देखिने हिमाल हासे झै देखिन्थे । दिनको करिव १२ बजे हुन सक्छ । झापा भद्रपूरका लुइटेल सहित १५ जनाको टोली सगरमाथाको चुचुरो टेक्नकालागि जादै थियो ।
आधारसिविरबाट क्याम्प २ सम्म पुगेको उनलाई गन्तब्य टाढा लागेको थिएन । एका तर्फ सगरमाथा टेक्ने जोस जागर थियो भने अर्काे तर्फ घर नर्फकने हो की भन्ने चिन्ता ।
सगरमाथा आधारसिविरबाट क्याम्प १ हुदै क्याम्प २ पुगेको उनको टोली खाजा खाएर आराम गरीरहेको थियो । जोखिमपूर्णबाटो हुदै क्याम्प टु पुगेको उनको टोली आराम गरीरहेको थियो ।
त्यहीबेला सर्वाेच्च शिखरलाई कसैले घचेडे जसरी हल्लीयो । पहिरो गए जस्तो आवाज । सगरमाथा टेक्ने उदेश्य लिएर गएको उनी सहित १५ जनाको टोली कतिपनि विचलित भएनन । थाकेको शरिरले गर्दा टेन्ट भित्र आराम गरीरहेका थिए । फेरी सगरमाथा हल्लियो । ‘हामी पालभित्र थियौ । विगत सम्झदै उनी भन्छन् ‘ बाहिर निस्केर हेर्दा माथीबाट साना साना गिटी झर्न थाले पछि मात्र भूकम्प हो भन्ने थाहा भयो ।’
एप्रिल २५ तारिका दिन घरबाट हिडेका उनी टे«ेकिङ हुदै ९ दिनपछि आधारसिविर पुगे । आधार सिविरबाट क्याम्प १ हुदै क्याम २ सम्म ४ पटक ओहोर दोहोर गरेपछि अन्तिम रुपमा चुचुरोमा पुग्न भनेर हिडेको थियो । तर आधाबाटो नपुग्दै भूकम्पमा प¥यो ।
‘भूइचालो होइन पहिरो झरे जस्तो लाग्यो । उनी भन्छन् । पाल भित्रबाट बाहिर निस्केर हेर्दा फेरी यसरी हल्लायो की माथीको ढुङगा झर्न थाल्यो ।’ ढुङगा झर्दा पुरिएर मरिन्छ की भन्ने डर पस्यो उनीलाई । बस्न नसक्ने गरी ढुङगा झरेपछि आधारसिविर फर्किएका उनीहरु फर्कन सकेनन ।
क्याम २ र क्याम्प १ को विचमा खुम्बु आइसफल आइपुग्दा ठूलो हिमपात भयो ।‘ बालुवाले छर्के जस्तै हिउ पर्न थाल्यो । अगाडीका मान्छे सम्म नदेखिने भयो । उनी भन्छन ‘ फर्कन नसक्ने भएपछि फेरी क्याम्प २ नै आयौ ।’
विच बाटो बाट फर्केर क्याम्प २ सम्म पुगेका उनी त्यो रात बिर्सन नसक्ने बताउछन् । दुई दिनको बसाईपछि मौसममा सुधार आए लगतै दुःख सुःख क्याम्प १ सम्म पुगेको उनी सुनाउछन् ।
क्याम्प १ बाट फेस्टेल एयरको हेलिकप्टरले उनीहरुलाई उद्धार गरी बेस क्याम्प सम्म ल्याएको थियो । ‘ बेस क्याम्प आएपछि एक जना दाईले धरहरा लड्यो भनेर सुनाए । उनी भन्छन् ‘जिस्कीएको होला भन्दै रिस उठयो । समाचार सुन्दामात्र थाहा भयो काठमाण्डौमा ठूलो क्षति भएछ ।’
दुई दिन सम्म बेपत्ता भएपछि उनीको परिवारमा नैरास्यता छाएको थियो । घर परिवारमा छोरा नर्फकने हो की भन्ने चिन्ताले सताएको थियो । ‘ एसियन ट्रिपबाट जाने हाम्रो समुहमा भारतीय बढि थिए । उनी भन्छन ‘ आजतक टिभीले मान्छे बेपत्ता भए भनेर समाचार बजाई रहेको थियो घरमा त छोरो गयो भन्ने भएछ ।’
]
भारतकै टेलिग्राफ भन्ने पत्रिकाले २३ बर्षे युवा हराए भनेर लेखेपछि बुबा आमाले छोरा रहेनछ भन्ने सोचेछन् । दुई दिन पछि फोन गर्दा घरको तनाव शान्तको उनी सम्झन्छन ।
आधार सिविरबाट घर आउन उनी फाप्लु हिडे । तर फाप्लुबाट प्लेन नपाएपछि उनी खरीखोला हुदै लुप्लाबाट आउदा एक दिन खरीखोला जंगलमा बसे । एक रात जंगलमा बसेका उनी भोली पल्ट ओखलढुङगाहुदै उदयपूर कटारी निस्किएर घर पुगेका थिए ।
पहिलो पटक असफल भएका उनले हिम्मत हारेनन । सगरमाथा चढने सपना साकार पार्न दोस्रो पटक सगरमाथा चढन खोजे । तर उनलाई समाजले पत्याएन । परिवारले स्वइकृति दिएन ।
सगरमाथा चढन करिव २५ लाख आवश्य पथ्र्यो । पढदै गरेको यूवालाई २५ लाख जोह गर्ने सामान्य थिएन । परिवारलाई फएकार बाहिर सहयोग जुटाउदै उनी सगरमाथा चढन लागे ।
जेठ ३ गते सगरमाथा आरोहण गर्न आधार सिविरबाट हिडेको उनी सहित १८ जनाको टोलीले ८ गते सगरमाथाको चुचुरोमा पाइला राख्यो ।८ गते बुद्ध जयन्ती थियो । उनले बुद्ध जयन्तीको दिन नै नेपालको संविधान सगरमाथामा पुर्याएका थिए । ‘ चुचुरोबाट फर्कदा सञ्चार सेटमा एसएमएस आयो उनी भन्छन् ‘ बुद्ध जयन्तीकै दिन संविधान सगरमाथामा पूयाएको थाहा पाएपछि धेरै खुसी लाग्यो ।’
आधार सिविरबाट क्याम्प २ सम्म पुगेको टोली मौसम विग्रिएपछि दुई दिन सम्म क्याम्प २ मा नै बसको थियो । क्याम्प ३ जादा दुई वटा लास नाग्दै जानु परेको उनले सुनाए । क्याम्प ३ पुगेका उनी भीरालो ठाउमा बस्नु परेको उनी बताउछन् । ‘ भिरालो ठाउमा टेन्ट टागेको थियो । उनी भन्छन् ‘त्यहाबाट तल हेर्दा क्याम्प टु देखिन्थ्यो । डरले निद्रै लागेन ।’
क्याम ३ बाट ४ पुगेको टोलीले आठ बजे राती चुचुरोमा पुग्नकालागि हिड्यो ।
‘बालकुनी भन्ने ठाउमा पुगेपछि अक्सिजन फेर्नु पर्ने थियो । उनले भने ‘ अक्सिजन फेरेर राती २ बजे राती साउथ समिट पुगेका थियौ ।’ त्यहबाट हिलारी स्टेफ हुदै भिरालो ठाउमा डोरी समाएर जसो तसो चुचुरोमा पुगेको बताउछन । ‘ चुचुरोमा पुग्ने वितिकै आखाभरी आसु आयो । उनी भन्छन् । ‘ खुसीले भु“इमा लडे ।’ एकछिन बसेर मैले फोटो खिचे ।’
सगरमाथामा संविधान पूर्याउने संसारकै पहिलो व्यक्ती हुन अनिश । संविधान सगरमाथा पूर्याएका उनको नाम गिनिजबुकमा पनि लेखाउने तयारी हुदैछ ।