AArya
RUMPUM
animated ellipse animated ellipse

महेन्द्र गोल्छाको स्मृतिमा फलफूल वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ मंसिर २०७३, बिहीबार १८:०७
3
Shares
२ मंसरि विराटनगर/ महेन्द्र गोल्छाको ७ औं स्मृति दिवशको अवसरमा आज विराटनगरको कोशी अञ्चल अस्पतालमा फलफूल वितरण गरिएको छ ।
विराटनगरका उद्योगी महेन्द्र गोल्छाको ७ औं स्मृति दिवशका अवसरमा विराटगरको कोशी अञ्चल अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । उद्योग संगठन मोरङले कोशी अञ्चल अस्पतालको बच्चा वार्ड, सर्जिकल वार्ड,इमर्जेन्सी, आइसियु सबै कक्षमा फलफूल वितरण गरेको हो ।
कोशी अञ्चल अस्पतालमा भर्ना भएका ३ सय भन्दा बढी विरामीलाई फलफूल वितरण गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर