AArya
RUMPUM
animated ellipse animated ellipse

टकुवालाई रंगेलीमा समाहित गर्न माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० कार्तिक २०७३, मंगलवार १९:०४
3
Shares

३० कार्तिक विराटनगर/ टकुवा गाविसका स्थानीयहरुले आफूहरुलाई रंगेली गाविसमा नै समाहित गर्न माग गर्दे मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीलाई ज्ञापन बुझाएका छन् ।
टकुवाका स्थानीयहरुले आफूहरुलाई रंगेली नगरपालिका शिक्षा, स्वास्थ्य,बजार लगायतका दृष्टिकोणले पायक रहेको भन्दै रंगेलीमा समाहित गर्न माग गरेका हुन् ।
टकुवाबाट टयाक्टरमा आएका स्थानीयबासीहरुको समूहले २०७१ साल वैशाख २५ गते आमगाछी,टकुवा र रंगेली गाविसलाई मिलाएर रंगेली नगरपालिका बनाएको भन्दै आफूहरुलाई अहिले सुनबर्सी नगरपालिकामा गाभेको भन्दै बिरोध जनाएका हुन. । उनीहरुले यदी स्थानीयको भावना विपरीत अन्य नगरपालिकामा टकुवालाई गाभेमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
उनीहरुले सुनवर्सीमा मिसाउने जिल्ला समन्वय प्राविधिक समिति मोरङले गरेको सिफारीस सच्चाएर रंगेली नगरपालिकामा समाहित गर्न माग गरेका हुन् । स्थानीयले हस्ताक्षर सहित बुझाएको ज्ञापन जस्ताको त्यस्तै स्थानीय निकाय पुनसंरचना आयोग काठमाडौंमा पठाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर