AArya
RUMPUM
animated ellipse animated ellipse

ब्याडमिन्टनमा मोरङको वर्चश्व

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० कार्तिक २०७३, मंगलवार १८:५६
3
Shares

३० कार्तिक,विराटनगर/ महेन्द्र गोल्छा स्मृती पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मोरङको वर्चश्व रहयो ।

मोरङ ब्याडमिन्टन संघले विराटनगरमा आयोजना गरेको प्रतियोगिताको अन्तर्गत आज सबै इभेन्टका फाइनल खेल सम्पन भएका छन् । भेट्रान ४० वर्षमाथिको मेन्स डबलतर्पm मोरङका नवराज दुलाल र जीवन बोगटीको जोडीले मोरङकै डिल्लीराम डाँगी र किरणसिंह बस्नेतको जोडीलाई २१–१६, १८–२१, २१–१२ को सेटमा पराजित गर्दै उपाधी जिते ।

त्यसैगरी भेट्रानकै ५५ वर्ष माथिको मेन्स डबलमा मोरङका मनोज लाखे र किरणसिंह बस्नेतको जोडीले सुनसरीको चन्द्रशेखर लामा र गणेश राईको जोडीलाई ११–२१, २१–१५, २२–२० को सेटमा पराजित गर्दै उपाधी जिते ।

त्यस्तै मेन्स डबल खुल्लातर्पm सुनसरीका सुर्य श्रेष्ठ र सुजन श्रेष्ठको जोडीले भोजपुरका विवके श्रेष्ठ र विशाल तामाङको जोडीलाई २१–१६, २०–२२, २१–११ को सेटमा पराजित गर्दै उपाधी जिते ।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई पूर्वाञ्चल प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेर, मोरङ प्रहरी प्रमुख एसपी सन्दिप भण्डारी, गोल्छा अर्गनाइजेशनकी कृतिका गोल्छा, मोरङ ब्याडमिन्टन संघका अध्यक्ष सुमन अधिकारी लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा प्रथमले नगद १५ हजार, द्वितियले नगद १० हजार र तेस्रोले नगद ५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा पूर्वाञ्चालका मोरङ, सुनसरी, झापा, इलामा, ताप्लेजुङ, सप्तरी, उदयपुर र भोजपुरका पुरुष खेलाडीहरुको सहभागिता रहेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर