पूर्वाञ्चल खबर
प्रेस यूनियन मोरङ शाखाले आज विहान विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री केसीले संविधान संशोधन नहुँदा अरजता र अस्थीरता बढेको भन्दै एकता र सम्बादको माध्यमबाट संशोधन प्रक्रिया अगाडी बढाएर संविधान कार्यन्वयनतर्फ सबै दल लाग्नुपर्नेमा जोड दिए ।
नेपाली काग्रेसको केन्द्रीय सदस्य समेत रहेका मन्त्री केसीले,‘समयमै निर्वाचन गराउन पनि संविधान संशोधन प्रक्रिया यथासक्दो चाडो अगाडि बढाउनु परेको छ ।’
आन्दोलनरत दलहरुको मागलाई सम्बोधन गर्ने गरेर संविधानलाई सर्वस्वीकार्य बनाउँदै त्यसको कार्यान्वयनमा मुख्यदलहरु एक भएर अघि वढाउनुपर्ने मन्त्री केसीको जोड थियो ।
काँग्रेस, एमाले तथा नेकपा माओवादी केन्द्रको सहयोगमा संविधान जारी भएकाले नेकपा एमालले पनि संविधान संशोधन प्रक्रियावाट अलग रहन नहुने बताए । अंगीकृत नागरिकताको विषयमा बाहिर आएको कुरामा कुनै सत्यता नभएको उनले जानकारी दिए । बाहिर जे जति हल्ला छ त्यो हल्ला मात्र रहेको मन्त्री केसीले बताए ।
मन्त्री केसीले ४२ प्रतिशत जनसंख्या सहरमा भएपनि अहिलेका महानगरपालिका तथा नगरपालिकाले जनतालाई न्यूनतम सूविधा दिन नसकिरहेको बताएका छन् । यसका लागि तत्कालै सरकारले राष्ट्रिय सहरी विकास रणनीति बनाउने तयारी गरेको बताए । सोही रणनीति अनुसार जनता आवास कार्यक्रम पनि लागू हुने र २० हजार निम्न आर्थिक अवस्था भएका जनतालाई घर हस्तान्तरण गरिने बताएका छन् ।
यस्तै सहरको विकासका लागि छाता प्राधिकरण ऐन पारित गर्ने चरणमा सरकार रहेको बताउँदै विराटनगरलाई पनि विकास प्राधिकरण जरुरी भएको औंल्याएका छन् ।