AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

टंकीलाई समाहित नगरेको भन्दै सरकारको ध्यानाकर्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०७३, सोमबार २१:२५
3
Shares

२९,कार्तिक,विराटनगर/टंकीसिनवारीका सर्वसाधरणले प्रस्तावित विराटनगर महानगरपालिकामा टंकी सिनवारी गाविसलाई समाहित नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

टंकीवासीहरुले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाइ ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएका हुन् ।

भौतिक पूर्वाधार लगायतका हरेक किसिमबाट टंकीसिनवारी महानगरपालिकामा रहन सक्षम रहेको भन्दै टंकीका अगुवा माधव कोइरालाले सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेललाइ ज्ञापनपत्र बुझाएका थिए ।

टंकीसिनवारी बुढीगंगा गाउपालिका भए आफुहरु चरण वद्ध आन्दोलनमा उत्रने उनीहरुले चेतावनी समेत दिएका छन् ।

टंकी विराटनगरमा समाहित नभए सिसवानी बडहरामा गाउँपालिकाको कार्यालय हुने जसले गर्दा आफुहरुलाइ असुविधा हुने उनीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर