पूर्वाञ्चल खबर
२९, कार्तिक विराटनगर/ भारतबाट भन्सार छलेर ल्याइएको अवस्थामा पक्राउ गरिएको गाडीका पार्टपुर्जा सशस्त्र प्रहरीले सोमबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी वल भन्सार राजश्व गुल्म विराटनगरको टोलीले गाडीको पार्टपुर्जा बरामद गरेको थियो । को १ च ८२०८ नम्बरको महेन्द्र पिकअप गाडीमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा विराटनगर २१ मटेर्वाबाट गाडीका अवैध पार्टपुर्जा सहित लोड गरिएको गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी वल भन्सार राजश्व गुल्म विराटनगरका डीएसपी तीर्थबहादुर थापाले बताए ।डीएसपी थापाका अनुसार बरामद गरिएका पार्टपुर्जा र ओसारपसारमा प्रयोग गरिएको गाडी समेत आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको हो । भन्सार कार्यालयले बुझाइएको सामानको मूल्यांकन दुई लाख ५० हजार रुपैयाँ गरेको छ ।