AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लिटल कोशी २०१६ को उपाधी जागृत र रेनिसाले चुमे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ कार्तिक २०७३, आईतवार १७:१९
3
Shares
तस्वीर- प्रेम देवान

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, २७ कार्तिक / मिस्टर एण्ड मिस लिटल कोशी २०१६ को ग्रान्ड फिनाले शनिबार साझ सम्पन्न भएको छ ।dsc_2458-copy-copyजय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनमा सम्पन्न भएको प्रतियोगिताको मिस लिटल कोशी विराटनगरकी सात बर्षिया रेनिशा निरौला भइन भने मिस्टर लिटल कोशी जागृत आचर्य भए ।

त्यस्तै उनीहरुले नगद ३५ हजार रुपैयासहित विभिन्न गिफह ह्याम्पर प्राप्त गरे । त्यसैगरी फिमेल तर्फको फस्ट रनरअफ एन्जेनिता श्रेष्ठ घोषित भइन । उनले बेष्ट पर्फमेन्सको टाइतलसमेत प्राप्त गरिन । विराटनगर – १७ मा रहेको पुर्वाअञ्चल विद्या सदन बोडिङ स्कूलमा स्कुलमा अध्यरत एन्जेनिताले भविष्यमा कुसल मोडल बन्ने बताएकी छिन् । ११ वर्षिय एन्जेनिता अध्ययनमा समेब अबल रहेकी छिन् । प्रतियोगिताको सेकेन्ड रनफर उन्नती चापागाई भइन ।

यसैगरि मेल तर्फ सान्तानु रोय फष्ट रनरअप भए भने उनले मष्ट कन्फिडेन्टको टाईटल हात पारे भने सेकेन्ड रनरअप साईरस ओझा भए । उता ईसालिन राईले मष्ट भर्सटाईल, दिया तिवारीले बेष्ट फ्रेन्ससिप, हेल्दी स्कीन दृष्टी राई, वेष्ट वल्क एण्ड फेसबुक च्वाइएसम अतिथी बस्नेत, फोटो जेनिक अनुष्का पोखेरल, ब्यूटीफुल आई आरुसी शर्मा, बेष्ट फिजीक शौरभ श्रेष्ठ, मष्ट पपुलर भोटिङ्गमा स्वएछा राउत र मष्ट हेन्सम सुभाकंर रोय भए । यसैविच प्रतिस्प्रधी २४ जनाले विभिन्न सबटाईटलको उपाधी जीतेका थिए ।

स्कूल स्तरमा अध्ययरत साना बालवालिकाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ५ देखी १५ वर्ष उमेर समूहका बालबालिकाहरुको सहभागिता रहेको जय मिडिय प्रालिका निर्देशक जयराज रायले जानकारी दिनुभयो । फाइनलको प्रमुख अतिथि मोडल तथा नायक चप्पली हाइट – २ का आयूषमान जोशी रहेका थिए ।
प्रतियोगितालाई रोचक पार्न स्थानिय कलाकारहरुको साँगीतिक कार्यक्रम पनि पस्कीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर