AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ढुवानी मजदुरहरुको आन्दोलन स्थगित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ कार्तिक २०७३, शनिबार २१:०४
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, २७ कार्तिक ढुवानी मजदुरहरुको आन्दोलनका कारण चार दिनदेखि पेट्रोलियम पदार्थ ढुवानीमा देखिएको समस्या सात दिनका लागि हटेको छ ।
ढुवानी मजदुरहरुले निगमबाट इन्धनको टेम्प्रेचर छुटको सहुलियत वृद्धि गर्नुपर्ने लगायतका १५ बुँदे विविध सुविधाको माग गर्दै आन्दोलन गरेपछि बजारमा इन्धन अभाव देखिएको थियो ।
इन्धन ढुवानीमा देखिएको समस्या समाधानका लागि पटक पटक वार्ता भएपनि सहमति जुटेको छैन । शुक्रवार अपरान्ह भएको छलफलमा भने सहमतिको गृहकार्य गर्न भन्दै सात दिनकालागि आन्दोलन स्थगित भएको छ । सात दिन भित्र समस्या समाधान नभए पुन ढुवानी सेवा ठप्प बनाउने चेतावनी मजदुर संघ संगठनहरुले दिएका छन् ।
ढुवानी मजदुरहरुसंग अल्पकालिन समझदारी बनेपछि आज शनिवार निगम क्षेत्रीय कार्यालय विराटनगरले कार्यालय सञ्चालन गरी इन्धन वितरण गरेको छ । राती अवेरसम्ममा अधिकांश पम्पहरुमा इन्धन पुग्नेको छ र जारी समस्या समाधान हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर