animated ellipse animated ellipse

शिक्षादीपमा श्रदान्जली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०७३, मंगलवार १४:२६
3
Shares

विराटनगर,२३ कार्तिक/ हालै निधन भएका शिक्षादीप उच्च माविका निर्देशक मनकलाल चौधरीको आत्मा शान्तिको कामना गर्दै आज श्रदाञ्जली सभा गरिएको छ । शिक्षादिप उच्च माविले श्रदान्जली सभा गरेको हो । 20161108_102144४५ वर्षिय चौधरीको लक्ष्मि पुजाको दिन राती हृदयघातका कारण निधन भएको हो । घरमा सुतेकाबेला ह्दयघात भएका उनको उपचारको क्रममा न्यूरो अस्पतालमा निधन भएको थियो ।

उच्च माविका अध्यक्ष भिम पराजुली, उच्च माविका प्रिन्सिपल ज्ञानबहादुर खडका, स्कूलका शिक्षक अच्युत दाहाल र कलेजका संयोजक बसन्त बस्नेतलगायतले आत्माको चिर शान्तिको कामना गर्दै श्रदाञ्जली अर्पण गरेका थिए ।

स्कूलमा गरेको श्रदाञ्जली अर्पणमा उच्च माविका सञ्चालक, स्कूलका विद्यार्थी तथा शिक्षकहरुले चौधरीको फोटोमा श्रदान्जली अर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर