खबर पूर्वाञ्चल
विराटनगर, २२ कात्तिक / स्थानीय तह पूनसंरचना गर्दा विराटनगरलाई महानगरपालिका बनाउने विवाद पेचिलो बन्दै गएको छ । विराटनगरलाई महानगरपालिका बनाउने विषयमा सवै राजनीतिक दलहरुले सैदानिन्तक सहमती गरेपनि महानगरपालिका बनाउदा विराटनगरमा कुन कुन गाविसलाई मिसाउने भन्ने विवाद देखएको हो ।
मोरङका सवै राजनीतिक दल सहमत भएपनि प्रमुख राजनीतिक दल नेपाली काँग्रेस महानगरपालिकाको विपक्षमा देखिएको छ । स्थानीय तह पुनर्संरचना आयोगमा विराटनगर उपमहानगरपालिकालाई महानगरपालिका बनाउने प्रस्तावमा काँग्रेसले आपत्ति जनाएको हो । रिङरोडले भेट्ने क्षेत्रलाई समेटेर महानगरपालिकाको बनाउने प्रस्तावमा काँग्रेसले विमत्ति जनाएको नेकपा एमाले मोरङका अध्यक्ष महेश रेग्मीले जानकारी दिए ।
विराटनगरमा आज भएको संयुक्त छलफलमा काँग्रेस महानगरपालिका बनाउन नदिने अभियानमा लागेको रेग्मीको भनाई छ । उनले भने ,‘मोरङको भविष्य अध्याँरो बनाउन तर्फ काँग्रेस लागेको छ ।’
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सांसद शिवकुमार मण्डलले नेपाली काँग्रेस गलत प्रवृत्ति र पुरानै ढङ्गवाट चल्न खोजेको आरोप लगाए । काँग्रेसको पुरानै शैलीका कारण समाजलाई नयाँपन दिन नसकिने उनको गुनासो छ । ‘ हामी नयाँ संरचनामा जान चाहान्छौ । उनले भने ‘ तर कांग्रेस पूरानो पकट क्षेत्र भन्दै विराटनगरमा टंकीलाई जोड्न चाहादैन ।’
संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य मृत्युन्जय झाले संविधानमा विमत्ति रहेपनि विराटनगरलाई महानगरपालिका बनाउनका लागि आन्दोलनरत मधेशी मोर्चा सहमत रहेको बताए । महानगरपालिका बनाउनका लागि राजनीतिक दलहरुवीच ४ वर्षअघिनै सहमति जुटेको उनको भनाई छ । राप्रपाका राजेन्द्र बस्नेतले रिङरोड भित्रका गाविस समेटेर महानगरपालिका बनाउनुपर्नेमा जोड दिए ।
छलफल कार्यक्रममा एमाले, माओवादी केन्द्र, संघिय समाजवादी फोरम, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा नेपाल, राप्रपा, तमलोपा र नेमकिपाका अध्यक्ष तथा प्रतिनिधि सहभागि भएका थिए । महानगरपालिका बनाउन कांग्रेसले सैदानन्तिक सहमती जनाएको बताउदै कांग्रेस सभापति डिकबहादुर लिम्बुले टंकी बाहेकका गाविसलाई जोडेर महानगर बनाउन सकिने बताउछन् । हामी महानगर बनाउने विपक्षमा छैनौ । उनले भने ‘ टंकी बाहेकका गाविसलाई जोडेर बनाउ भन्ने हाम्रो जोड हो ।’
२०६८ सालको जनगणना अनुसार महानगरपालिका बनाउन ३ लाख जनसंख्या आवश्यक पर्छ ।