animated ellipse animated ellipse

छठ पर्वको अबसरमा सांगीतीक कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ कार्तिक २०७३, सोमबार १८:१६
3
Shares
कार्यक्रममा नाच्दै स्थानिय कलाकार तस्वीर -प्रेम देवान

विराटनगर २२ कार्तिक / तराई भेगमा मनाईने विशेष चार्ड छठ पर्वको अबसरमा विराटनगर १६ र १७ मा पर्ने रानी सिकीयाई नहर हनुमान मन्दिर स्थित सांगीतीकमय सांझ भएको छ ।

स्थानिय रानी युवा क्लव विराटनगर १६ को विशेष पहलमा रातभरी छठ पर्वमा जाग्राममा बसेका भक्तजनहरुलाई मनोरञ्जन तुल्याउन सांगितक कार्यक्रम गरिएको कार्यक्रम संयोजक गन्नु यादवले बताए ।

हरेक बर्ष छठ पर्वमा यसरी सांगीतीक कार्यक्रम गरेर यस भेगका स्थानिय कलाकारहरुलाई विशेष प्राथकिता दिएर अगाडी बढाउने उद्देस्य रहेको संयोजक यादवले जनाए ।

सांझ ६ बजे देखि सुरु भएको सांगीतीक कार्यक्रममा जोन ग्रुप, सविना तामाङ, जेनिसा, पुजा, खुस्बु, सोनीया, सन्ध्या,सिर्जना, दिया, रियाले नेपाली तथा हिन्दी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

यसैविच आनन्द कर्णले छोरी माग्न जादां बोलको गीत गाएर उपस्थित आम दर्शक तथा भक्तजनहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रम हेर्न रानी मिल्स एरीया, कोशी प्रोजेक्ट , जतुवा, बखरीबाट बाक्लो मात्रमा दर्शकहरुको उपस्थित रहेको क्लवका गौतम शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर