animated ellipse animated ellipse

उदाउँदै गरेको सूर्यलाई अर्घ दिदै सकियो छठ(फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ कार्तिक २०७३, सोमबार ०७:५५
3
Shares

पुष्पराज थपलिया
विराटनगर, कार्तिक २२ /पवित्र छठ पर्वको रुपमा मनाइने यस वर्षको छठ आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर सम्पन्न भएको छ ।img_8028-copy

शुक्रबार ‘नहाय–खाय’सँगै सुरु भएको चार दिवसीय पर्वको चौथो तथा अन्तिम दिन श्रद्धालु तथा भक्तजनहरुले उदाउँदै गरेकोे सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।20160107_063106-copy

img_8030-copyविराटनगरको सिंघिया खोला, नहरलगायतको पोखरीसहित र जलादलगायतका नदीहरुमा हजारौं श्रद्धालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान गरेका थिए । यस वर्ष मौसम राम्रो भएको कारणले पूजा स्थलमा श्रद्धालु तथा भत्तजनहरुको घुइचो  थियो ।img_8044-copy img_8040-copyव्रतालुहरु शुक्रबार पवित्र जलाशयहरुमा स्नान गरी चोखो खानेकुरा खाएका थिए । पर्वको दोश्रो दिन शनिबार व्रतालुहरु दिनभरि उपवास बसी राति गुलीयो पूरी, खीर, नून नहालेको तरकारी खाए । जसलाई स्थानीय भाषामा ‘खर्ना’ भनिन्छ । खर्नापछि निराहार व्रत बसेका व्रतीहरुले आईतबार अस्ताउँदै गरेको सूर्यको पूजा गरेका थिए ।img_8046-copy

श्रद्धालुहरुले सूर्यदेवलाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइलगायतका प्रसाद अर्पण गरेका छन् । img_8021तस्वीरहरु -अनिल श्रेष्ठ, पुष्पराज थपलिया/ खबर पूर्वाञ्चल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर