खबर पूर्वाञ्चल
काठमाडौं / यू-१९ एसिया कप क्रिकेट हुने भएको छ । र, चार टेष्ट देशसँगै नेपालले पनि खेल्नेछ ।पछिल्लो पटक २०१३/१४ मा यूएईमा भएको थियो, जसको उपाधि भारतले जितेको थियो ।
त्यसयता हुन नसकेको यो प्रतियोगिता एसियन क्रिकेट काउन्सिलको कार्यालय श्रीलंकामा सारेपछि उसले पहिलो प्रक्रियोगिता गराउन लागेको हो ।
श्रीलंकाली पत्रिका द सण्डे टाइम्सका अनुसार डिसेम्बर १० देखि २२ (मंसिर २५ देखि पुस ७ गते)सम्म श्रीलंकामा प्रतियोगिता हुनेछ ।
जसमा आयोजक श्रीलंकासँगै पाकिस्तान, भारत र बंगलादेशले खेल्नेछन् । यस्तै अफगानिस्तान, नेपाल, सिंगपुर र मलेसिया गरी आठ देशले भाग लिनेछन् । आठ देशलाई दुई समूहमा बाँडिनेछ । एक समूहको खेल कोलम्बोमा हुनेछ भने अर्को समूहको खेल दक्षिणी श्रीलंकामा खेलाइनेछ ।
खेलका लागि अरु देशले तयारी थालिसकेको छ । तर, नेपालले भने बन्द प्रक्षिक्षण सुरु गर्न सकेको छैन ।