खबर पूर्वाञ्चल
विराटनगर/ १२ बर्षमा खोला फर्कन्छ भन्ने नेपाली उखान छ । उखान केही हद सम्म सहि होला तर गंगाप्रसाद अधिकारीको हकमा भन्नु पर्दा उखान मिलेपनि फर्कने समय भने फरक छ ।
घरबाट बेपत्ता भएका अधिकारी ५४ बर्ष पछि घर फर्किएका छन् । ५४ बर्ष सम्म बेपत्ता भएका उनी भर्खरै घर खोज्दै फर्केका हुन । २०१८ सालमा छोरी र गर्भवती श्रीमतीलाई खोटाङ घरमा छाडेर हिडेका उनी अहिले विराटनगर–५ जमुनगाछी स्थित कान्छी छोरी सिताको घरमा छन् ।
तीन महिनाको गर्भ मै छदा बुबा बेपत्ता भएपछि सीताको पालन पोषण गर्ने सम्पूर्ण जिम्मेवारी आमाको काधमा थियो । छोरा नभएपछि वृद्ध आमालाई आफुस“गै राखेर मृत्युप्रयन्त सम्म पालन पोषण गरिन् सीताले । आमाको निधन भएको पनि दुई बर्ष भै सक्यो । उनी आफै ५४ बर्षकी पुगिन ।
उनले बुबाको न मुहार देख्न पाइन न त देख्न पाउछु भन्ने आशा नै । तर ५४ बर्षको उमेर उनले आफ्ना बुबाको मुख देख्न पाएकी छन् । सानो छदा औला समातेर टुकुर टुकुर हिडाउने र बाटो देखाउने बेला साथ नदिएका बुबाको वास्तै थिएन उनलाई । तर जीवनको ५४ औ बसन्तमा दौडी रहदा उनले नसोचेको चाहाना पुरा भयो ।
सुन्दा अचम्म लाग्न सक्छ । तर बास्तविकता यही हो । ५४ बर्षिय सीता अधिकारी ढुङगानाले आमाको गर्भमै रहदा छाडेर बेपत्ता भएका बाबुलाई भेट्टाएकी हुन । उनका बुबा गंगाप्रसाद अधिकारी ८० बर्षका भए । वृद्ध अवस्थाका बुबालाई उनले १० दिन अघि मात्र भेटेकी हुन ।
‘ सानोमा बुबाको मुख कस्तो थियो देख्न समेत पाइन । आमाले नै हुर्काउनु भयो पढाउनु भयो । सीताले भनिन ‘ घर छाडेर हिडेको ५४ बर्ष पछि बुबा घर फर्कनु भयो ।’
एउटी काखे छोरी छदा गर्भवती श्रीमती हरिप्रियालाई छाडेर भारत पसेका अधिकारीलाई ५४ बर्ष सम्म परिवारको याद नै आएन । ‘ दिल्ली, बम्बई र हैजरावादमा बसे । उनी भन्छन ‘ पैसा कमायो खायो सक्यो बचाउनै सकिएन ।’ ५४ बर्ष सम्म परिवारको याद आएन भन्ने सम्वाददाताको प्रश्नमा उनी आफ्नो दिमाखलाई दोस दिन्छन् । एउटा हातले टाउको देखाउदै उनले भने ‘ यहा याद नै भएन ।’
८० बर्ष उमेर पुगेका बुढा अझै हट्टा कट्टा नै देखिन्छन् । दा“त अझै तगडा छन् । विरामी परेकाले सरिर केही थलिएको छ । दिल्ली छदा विरामी परेपछि त्यहीका स्थानीयले नेपाली हो भन्दै जोगवनी सम्मको ट्रेनको टिकट काटेर पठाएका रहेछन् । कसले पठायो उनलाई थाहा छैन । तर जोगवनीबाट विराटनगर हुदै खोटाङ हिडेका अधिकारी इटहरीमा अलपत्र परेपछि प्रहरीले उद्धार गरी उदयपूर बेल्टार सम्मको बस चढाएर पठाएको उनलाई याद छ ।
जीवनको उत्तरार्धमा आफन्त खोज्दै खोटाङ हिडेका उनी गाइघाट पुगेपछि विरामी परेछन् । विरामी पर्दा स्थानीय अस्पतालमा ९ दिनको उपचारपछि केही तङग्रिएका थिए । अस्पतालबाट निस्किएर चौतारीमा बसीरहेका बेला स्थानीय बुढापाकाले सोधीखोजी गरेछन् । खोटाङ घर बताएपछि स्थानीयले गाइघाटमा बसोवास गर्ने खोटाङबासीमा सोधीखोजी गरेछन् ।
‘गाइघाटमा सोधीखोजी गर्दा आफनै दाजु भाई भएको थाहा भएछ । छोरी सीताले भनिन ‘ पत्तो लागेपछि गाइघाट बस्ने गंगा रेग्मीले एक व्यक्तीको साथ लाएर विराटनगर पठाइदिनु भयो ।’
लामो समय सम्म आमास“ग बसोवास गरेकी सीताको एक छोरा छन् ।
‘आमा दुई बर्ष अघि खस्नु भयो । उनले भनिन ‘ अहिले बुबा आउनु भको छ ।’ उनलाई बुवा देख्छु भन्ने लागेको थिएन । तर अचानक उनले गर्भमै रहदा हराएका बुबाको मुख देख्न मात्र होइन पालन पोषण गर्ने जिम्मेवारी समेत पाएकी छन् । ‘सनो छदा नदेखेपछि माया दया नहुदो रछ । मुस्कुराउदै उनले भनिन‘ बुढेसकालमा मुख देख्न पायौं ।’