animated ellipse animated ellipse

यही महिनामा संविधान संशोधनको हुने – नेता पोखरेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ कार्तिक २०७३, शुक्रबार १६:३९
3
Shares

अनिल श्रेष्ठ
विराटनगर, १९ कार्तिक ÷ नेकपा माओवादीका नेता तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संवाद र सहमतिको पक्रियाबाट यही महिनाभित्र संविधान संमशोधनको पक्रिया अगाडी बढने बताएका छन् ।

नेकपा माओवादी केन्द्र मोरङले आज शुक्रबार विराटनगरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता पोखरेलले देशलाई संक्रमणकालबाट जोगाउनको लागि संवाद र सहकार्यबाट संविधान शंसोधन भइ संविधान कार्यन्वयन हुने बताए ।

नेता पोखरेलले यो संविधान नै अन्तिम संविधान नभएको हुनाले सबैसँग सम्वाद र सहकार्य गरि शंसोधन हुने बताएका हुन् । उनले अहिले संविधान आत्मनियर्णको अधिकारसहितको संविधान बनेको हुनाले प्रभावकारी कार्यन्वयनको लागि सबै दल लाग्नुपर्नेमा जोड दिए ।

नेता पोखरेलले आन्दोलनरत पक्षलाई समेटिएर आयोगले सिमांकनको विषलाईसमेत टुङ्ग्याएर देश नयाँ दिशातर्फ अगाडी बढने बताए । नेता पोखरेलले आउँदै गरेको छठ पर्वको शुभकामना दिदै देशलाई प्रगतिको मार्गमा अगाडी बढाउन नेपाली चाडपर्वहरुको छुट्टै विषेशता रहेको बताएका हुन् । यस्ता चार्डपवहरुले सबैलाई एकताबद्ध बनाउनुको साथै एक ढिका पार्ने उहाँको भनाई थियो ।

कार्यक्रममा नेकपा माओवादीको सचिबालय सदस्य सावित्रीकुमार काफ्ले, नेता तथा सांसद शिवकुमार मण्डल, नेकपा माओवादी केन्द्र मोरङको इन्चार्ज कुशल लिम्बू, संयोजक गोपी आछामी, नेकपा एमालेका नेता लालबावु पण्डितलगायले बालेका थिए ।

कार्यक्रममा पूर्वक्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरका डिआईजी केशरीराज घिमिरेले, मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राय, मोरङका एसपी सन्दिपराज भण्डारी, शिक्षक, कर्मचारी, उद्ययोगी, व्यापारी, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर