animated ellipse animated ellipse

केरौन जहदा गोल्डकपको उपाधी चर्चब्वाइजलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ कार्तिक २०७३, शनिबार २०:३१
3
Shares
पुष्पराज थपलिया
विराटनगर,कात्तिक १३ चर्च ब्वाइज क्लव काठमाडौंले मोरङको केरौनमा जारी प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकप फुटबल प्रतियोगिताको उपाधीे हात पारेको छ । उपाधीसँगै चर्च व्वाइजले नगद १ लाख ११ हजार १ सय ११ रुपैया नगद र ट्रफि हात पारेको छ ।img_4692

काठमाडौंल आज सम्पन्न फाइनल खेलमा आयोजक नव प्रगतीशिल समाजसेवा क्लवलाई शुन्यका विरुद्ध १ गोलले पाखा लगाउँदै उपाधी माथि कब्जा गरेको हो । यता उपविजेता बनेको आयोजकले ५५ हजार ५ सय ५५ मा चित्त बुझाउन बाध्य भयो ।

खेलको एक मात्र गोल काठमाडौंका नाइजेरियन खेलाडि मार्टिन कायदोले गरेका थिए । उनले खेल सकिन २ मिनेट बाकी रहेको अवस्थामा जाजा जिहाले गरेको कर्नर प्रहारलाई उत्कृष्ट सदुपयोग गर्दै गोल गरेका थिए ।

खेलको १२ औं मिनेटमा चर्च व्वाइजका तर्फका कर्ण लिम्बुले प्रहार गरेको कडा प्रहार पहिलो बारबाट बाहिरीएको थियो । १६ औ मिनेटमा आयोजकका विजय धिमालले ३० यार्डबाट गरेका प्रहार बाहिरीएको थियो । त्यसको तेस्रो मिनेटमा चर्च व्वाईजका कप्तान सुरैन्द्र गुरुङले प्रहार गरेको बल आयोजकका गोलरक्षकले पन्च गर्दै उत्कृष्ट ढंगले बचाएका थिए ।

पहिलो हाफ सकिन एक मिनेट बाकि रहेको समयमा आयोजकका राकेश गुरुङ वान भर्सेस वानमा गोल गर्न चुके पछि अग्रता लिने मौका चुकेका थिए ।

दोस्रो हाफको छैटौ मिनेटमा चर्चका सन्तोस न्यौपानेले डि बक्स नजिकबाट गरेको प्रहारले पोष्टको दिसा लिन सकेन । चर्च व्वाइजका संजोग राई दोस्रो हाफको १३ औं मिनेटमा गोल गर्ने राम्रो अवसर खेल फालेका थिए ।

खेलको म्यान अफ द फाइनल का चर्च ब्वाइज कायदो घोषित भए । उदयमान खेलाडि उपाधि आयोजकका शैलेस राइले प्राप्त गरे । उनले नगद ५ हजार रुपैयाँ हात पारे । सर्वाधिक गोलकर्ता तीन जना बने । आयोजकका गणेश खड्का, राकेश गुरुङ र एपीएफ झापाका खेम पौडेलले हात पारे ।

म्यान अफ द सिरिजको उपाधि सँगै नगद १५ हजार रुपैयाँ आयोजकका हेम गुरुङले हात पारे । विजेता तथा उपविजेता खेलाडिहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, एन्फाका केन्द्रिय उपाध्यक्ष सन्तोस बानियाँ लगायतले पुरस्कार वितरण गरेका थिए । img_4692

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर