खबर पूर्वाञ्चल
सम्मानका नाममा सरकारले सार्वजनिक विदा दिएर चाकडीको पराकाष्ट प्रदर्शन गरेको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड चाकडीमा उत्रिएको आरोप लगाए । विदेशमा पनि कँहि यस्तो चाकडी हुदैन, नेता गौतमले भने,‘भारतीय राष्ट्रपति आउँदा सार्वजनिक विदा दिने निर्णयले नेपाली जनताको स्वभिमान गिराउने काम भएको बताए ।’
लोकमानसिंह कार्कीमाथि ल्याइएको महाअभियोगको प्रस्ताव पारित हुने जिकिर गरेका नेता गौतमले सवै दलको सहमतिमा एक महिनाभित्रै यो विषय टुङ्गिने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख रहेका लोकमान सिंह कार्कीले भष्मासुरको चरित्र देखाएपनि महाअभियोगको प्रस्ताव ल्याउनु परेको उनले बताए ।
पूर्व उपप्रधान तथा गृहमन्त्री गौतमले कार्कीले पूर्व राजाहरुको शैलीमा आफूलाई प्रस्तुत गरेको आरोप समेत लगाए । पार्टीहरुलाई नै सिध्याउने उद्देश्यका साथ राजाको जस्तै व्यवहार देखाउने कार्कीको भष्मासुर चरित्रको चाँडै अन्त्य हुने नेता गौतमले बताए । आफ्नो अधिकार क्षेत्र विर्सेर आफू अनुकुल नरहेका सवैलाई विरोधी ठान्दै सखाप पार्ने गरि लागेकै कारण उनलाई महाअभियोग लगाउन खोजिएको भन्दै नेता गौतमले भने,‘एकमहिना भित्रै प्रस्ताव पारित हुन्छ ।’
एमाले उपाध्यक्ष गौतमले कसैको लहडकै भरमा संविधान संशोधन नहुने बताए । उनले भने, कसैको लहड र धम्कीका भरमा संविधान शंसोधन हुदैन,उनले भने,‘मान्छेलाई भाला रोपेर मार्दैमा संविधान संसोधन हुदैन ।’ संविधान संसोधनकालागि जनमत संग्रह भने गर्न सकिने तर्क गरेका नेता गौतमले भने ‘झापा, मोरङ र सुनसरीका जनता कहाँ मिसिने भनेर सरकारले जनमत संग्रह गर्न सक्छ तर कसैको लहडमा संविधान संसोधन हुदैन । उनले संविधान संसोधन संसदको दुई तिहाईबाट मात्रै हुने भन्दै कसैले बोलेकै भरमा संविधान संसोधन हुन नसक्ने स्पष्ट पारे ।
एमाले मोरङको पार्टी कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, सचिव भिम आचार्य, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, डा. शिवमाया तुम्बाहाम्फेलगायतका नेता कार्यकर्ताको उपस्थिती थियो ।