खबर पूर्वाञ्चल
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, १२ कार्तिक / विराटनगर–५ जामुनगाछीमा रहेको मदरल्याण्ड एकाड्ेमी स्कूलले गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ । स्कूल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरिे प्रतियोगिता आयोजना गरेको हो ।
दिपावलीको अवसर पारेर स्कूलले प्रत्येक वर्ष यस्तो प्रतियोगिता आयोजना गर्दै आएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा नर्सरी देखी कक्षा दशसम्मका विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएको स्कूलका प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए ।