खबर पूर्वाञ्चल
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, ११ कार्तिक / प्रेस चौतारी मोरङले शुभ दिपावली तथा छैठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।
प्रत्येक वर्ष चौतारीले आयोजना गर्दै आएको शुभकामना आदान प्रदान कार्यक्रम आज विराटनगरमा एक कार्यक्रम आयोजना गरि मनाएको हो ।कार्यक्रममा नेकपा एमालेका पोलिट ब्यूरो सदस्य लालबहादुर पण्डित, प्रेस चौतारी नेपालको केन्द्रीय उपाध्यक्ष लिला भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साललागयले आउँदै गरेको दिपावली तथा छैठ पर्वको शुभकामान दिएका थिए । भकामनासँगै लोकगायक तुलसी पराजुली देिख स्थानिय कलाकारहरुको
प्रस्तुतीले थप आकर्षण बनेको थियो । कार्यक्रममा गायक तुलसी पराजुलीले आफ्नो चर्चित गीत प्रस्तुतगरि सहभागि सञ्चारकर्मीदेखि नेताहरुलाई छमछमि नचाएका थिए । त्यस्तै कार्यक्रममा गायक समिर विकको प्रस्तुतीले थप मनोरञ्जन प्रदान ग¥र्यो । कार्यक्रममा प्रकृती थपलियाले साँस्कृतीक पहिरन लगाएर लोक भाकामा नृत्य प्रस्तुत गरि सबैको ध्यान केन्द्रीत गर्न सफल भइन ।
तस्वीरहरु -पुष्पराज थपलियथा /खबर पूर्वाञ्चल