animated ellipse animated ellipse

मुलुकको सात स्थानमा सूचना केन्द्र स्थपना हुने- मन्त्री जोशी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ कार्तिक २०७३, मंगलवार १७:०५
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, ९ कार्तिक/ उधोगमन्त्री नविन्द्रराज जोशीले मुलुकको प्रमुख सात स्थानमा औधोगिक सुचना केन्द्र स्थापना गर्न लागेको बताएका छन् ।

औधोगिक क्षेत्रमा आउने समस्या समाधानका साथै उधोग स्थापनाका लागी सल्लाह र सुझाव दिन सुचना केन्द्र स्थापना गर्न लागेको उधोगमन्त्री जोशीले जानकारी दिए ।

मन्त्री जोशीका अनुसार काठमाण्डौ, विराटनगर, नेपालगन्ज, पोखरा, धनगढीलगायतका सात स्थानमा स्थापना हुने सुचनाकेन्द्रले कुन ठाउँमा कस्तो उधोग स्थापना गर्न सकिन्छ भन्ने विषयमा सल्लाह र सुझाव समेत दिनको लागि सुचना केन्द्र स्थपना हुन लागेको बताए ।

विदेशी लगानी सम्वन्धी कानुन संसोधन र एकिकरण गर्न वनेको विधेयक सम्वन्धमा विराटनगरमा मंगलबार आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री जोशीले स्थानिय स्तरवाटै सुचना प्रभा गर्न सुचनाकेन्द्र आवश्यक रहेको उल्लेख गरे ।

उनले संविधान निमार्णसंगै राजनितिक क्रान्ती समाप्त भएकाले अव आर्थिक क्रान्तीको एजेन्डामा सरकार अगाडी वढनुपर्नेमा जोड दिए । मन्त्री जोशीले रोजगार मुलुक उधोग स्थापनाका लागी वैदेशिक लगानी भित्राउन आवश्यक रहेको बताए ।

वर्षैनी हजारौ यूवा वैदेशिक रोजगारीका लागी जाने गरेकाले त्यसलाई रोक्नपनी रोजगार मुलक स्थापना गर्नुपर्ने उनको भनाई थियो । मन्त्री जोशीले स्थापना देखि औधोगिक क्षेत्रको समस्या समाधानका लागी सरकारले चाँडै औधोगिक व्यवसाय ऐन ल्याउन लागेको जानकारी गराए ।

मन्त्री जोशीले निजिक्षेत्रलाई आर्थिक रुपमा सवल बनाउन औधोगीक क्षेत्रमा आउने कानुनी वाधा अडचन हटाउन सरकार अघि बढने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमा उधोग मन्त्रालयका सचिव शंखर प्रसाद कोइरालाले विधेयक माथी आएको उधोगीहरुको सुझाव र सल्लाह अनुसार ऐन वन्ने बताए ।

कार्यक्रममा उधोग मन्त्रालयका उप सचिव दिपक घिमिरे उधोग विभागका महानिर्देशक महेश्वर न्यौपानेले विधेयकमा उल्लेख गरिएका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुले ऐन कार्यान्वयनका लागी विभिन्न सल्लाह र सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर