animated ellipse animated ellipse

एपीएफ अन्तिम चारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ कार्तिक २०७३, सोमबार १८:५३
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
पथरी कात्तिक ८ /मोरङको केरौन जहदामा जारी ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकपको सोमबारको खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल(एपीएफ) क्लब झापा विजयी हुदै अन्तिम चारमा प्रवेश गरेको छ ।

एपीएफले हिमकस्तुरी युवा क्बल सिरहालाई ३–० को अन्तरले पराजित गरेको हो ।

खेलको १४ मिनेटमा एपीएफको खेम पोख्रेलले २० यार्डबाट प्रहार गरेका बललाई हिमकस्तुरीका गोल रक्षक सागर थापाले पञ्ज गरेर गोल हुनबाट जोगाए । यस्तै खेलको १७ औँ मिनेटमा एपीएफ क्लब झापाका सुमित आलेमगर दिएकोे पासलार्ई सदुपयोग गर्दै हरी कार्कीले हेडमार्फ गोलको गर्दै एपीएफको खाता खोलेका थिए । २२ औँ मिनेटमा एपीएफको खेम पोख्रेलले डि बक्स नजिकबाट प्रहार गरेको गोल पोष्ट बाहिरियो ।

खेलको ३१ औँ मिनेटमा एपीएफको हरि कार्कीको लामो पासलाई सदुपयोग गर्दै खेम पोख्रेलले बललाई जाली चुमाउदैँ दोस्रो गोल गरी टिमलाई बलियो बनाए । खेलको ३३ औँ मिनेटमा एपीएफका खेम पोखे्रलले हिमकस्तुरीका डिफेन्सलाई छक्याउदै वान भर्सेस वानमा तेस्रो गोल गदै एपीएफको जित सुनिश्चित गरेका थिए । उनि खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलबारको खेल चर्च ब्वाइज काठ्माडौँ र धनकुटा फुटबल क्लव धनकुटा विच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर