animated ellipse animated ellipse

मैत्रीपूर्ण फुटसलको उपाधि यूवालाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ कार्तिक २०७३, सोमबार १८:३८
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, ८ कार्तिक/विराटनगरमा सोमबार भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि विराटनगरको यूवा टिमले जितेको छ ।

विराटनगर–६ मा रहेको फुटसल खेलमैदानमा भएको खेलमा विराटनगर जेसिसलाई चार गोलको विरुद्ध यूवाले पाँच गोल गरि उपाधिमाथि कब्जा जमाएको हो ।

यूवाको तर्फबाट बिवेक दाहाल, भुवन लम्साल र बालकृष्ण भट्टराईले दुई गोल गरि जित सुनिश्चत गरेका थिए । जेसिसको तर्फबाट मुकेश यादब, सनराईस चौधरी, निसव शाक्यले गोल गरेका थिए ।

विराटनगर जेसिसले आफनो २१ औ स्थपना दिवसको अवसर पारेर फुटलस प्रतियोगिता आयोजना गरेको हो । निकै रोमान्चित भएको खेलमा दबै टिमका खेलाडीहरु आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

जेसिसले हप्ताभरी नै विभिन्न कार्यक्रम गरि सप्ताह मनाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर