animated ellipse animated ellipse

चौथो केरौन जहदा गोल्डकपमा प्रहरीलाई सफलता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ कार्तिक २०७३, आईतवार २०:०६
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
पथरी, कात्तिक ७ / मोरङको केरौनमा जारी ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकपको आज भएको खेल विजयी हुदै पूर्व क्षेत्र प्रहरी तालिम केन्द्र अन्तिम चारमा प्रवेश गरेकोे छ ।

प्रहरीले न्यू स्टार फुटबल क्लव भरौल सुनसरीलाई पेनाल्टी सुटआउटमा ४–२ को गोल अन्तरले पराजित गरेको हो ।

आइतबार भएको निकै प्रतिष्पर्धात्मक खेलको निर्धारीत ७० मिनेटको खेल दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको होे ।

पेनाल्टी सुटआउटमा प्रहरीका तर्फबाट कप्तान मित्र बस्नेत, रंजित भुजेल, जयनाारायण चौधरी र उज्जल राइले गोल गरेका थिए भने विशाल खवासले गरेको प्रहारलाई भने सुनसरीका गोलरक्षक विवश चौधरीले पन्च गरेर फर्काइदिए । त्यसैगरी सुनसरीका जिवन धामी, र रमेश राजवंशीले गोल गरेपनि जितन धामी र किरण राईले गरेको प्रहारलाई प्रहरीका गोलरक्षक सजिब श्रेष्ठले जोगाएका थिए ।

खेलको म्यान अफ द म्याच प्रहरीका गोलरक्षक संजिव श्रेष्ठ घोषित भए । प्रतियोगिता अन्तर्गत सोमबार खेल एपिएफ झापा र हिमकस्तुरी यूवा क्लव सिरहाबीच हुने आयोजकले जानकारी दिएको छविराटनगर, ६ कार्तिक ब÷ कार्यालयमा बुझाउने समेत गरेको स्रोतले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर