खबर पूर्वाञ्चल
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, ६ कार्तिक /कुखुराको तस्करीमा बालवालिकाको प्रयोग गर्ने गरेको पाइएको छ ।
भारतबाट नेपाल आयतमा प्रतिबन्धित लगाएको बोइलर कुखुराको तस्करीमा साना बालवालिकाहरुलाई व्यापारीले प्रयोग गर्ने गरेको पाइएको हो ।
विराटनगरको रानी क्षेत्रवरीपरि फ्रेस हाउस सञ्चालन गर्ने व्यापारीहरुले कुखुरा तस्करीमा साना बालवालिका प्रयोग गर्ने गरेको पाईएको हो ।
प्रहरीले साना बालवालिकालाई चेकजाँचमा त्यही ध्यान नपु¥याउर्ने भएकोले व्यापारीले १/२ सय रुपैयाँको प्रलोभन देखाएर बालवालिकालाई प्रयोग गरि तस्करी गर्ने गरेका हुन ।
ईलाका प्रहरी कार्यालय रानी विराटनगरले ११ असोजमा भारतबाट नेपाल भित्रयाउँदै गरेको एक जना बालकसहित १० केजी कुखुरा तीन नम्बर डाटबाट बरामद गरेको थियो ।
बरामद गरेको कुखुरा विराटनगर – २२ मा प्रेस हाउस सञ्चालन गर्ने पिंकु चौधरीले ती बालकलाई प्रयोग गर्ने गरेको प्रहरीले बताइएको छ । चौधरीले केही समय अगाडी प्रतिबन्धित बोइलर नेपाल भित्राउँदै गर्दा प्रहरीले पक्राउ गरेपछि बालक प्रयोग गर्दै आएका थिए ।
बरामद गरिएको बोइलरसहित बालकलाई प्रहरीले विराटनगरमा रहेको पशु क्वारेढटाइन कार्यालयमा बुझाइएको थियो । चौधरीलाई ५ हजार रुपैयाँ र बालकलाई २ हजार ५ सय रुपैयाँ जरिवाना तिराई कार्यालयले छाडेको थियो । बालकको जरिवानासमेत व्यापारी चौधरीले नै बुझाइदिएको बताइएको छ ।
क्वारेढटाइन कार्यालय प्रमुख डा. फेकन साहले दिएको जानकारी अनुसार कार्यालयको आफनै प्रहरी नुहँदा व्यापारीहरुले भारतीय कुखुरा विभिन्न नाकाबाट नेपाल भित्रयाउने गरेको बताए । सबैतिर जनपथ प्रहरी र सशस्त्र प्रहरीको ध्यान नपुग्दा व्यापारीहरुले विभिन्न नाकाबाट कुखुरा तस्करी गर्ने गरेको गरेको बताइएको छ ।
राज्यलाई क्वारेढटाइन कार्यलयले आफनै प्रहरी माग राख्दै आएको छ । तर, हालसम्म कुनै सुनवाई नभएको कार्यलय प्रमुख साहले बताए ।
बिचौलियाले सिमा नाकाको प्रहरी र विभिन्न निकालयसँग मिलरे ठूलो परिमाणको कुखुराहरु बरामद नगर्ने र दुई चार वटा बरामद गर्दा क्वारेढटाइन कार्यालयमा बुझाउने समेत गरेको स्रोतले दाबी गरेको छ ।