animated ellipse animated ellipse

त्रिपक्षीय सहकार्य आवश्यक : चीन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०७३, बुधबार ०८:२०
3
Shares

काठमाडौं/ चीनले नेपाल र भारतसँग सहकार्य गर्दै अघि बढ्दा आर्थिक विकास र क्षेत्रीय स्थायित्वमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

बेइजिङस्थित विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता हुअ चुनयिङले भारतको गोवामा भएको त्रिपक्षीय भेटबारे सोधिएको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएकी हुन् ।

‘हामी विश्वास गर्छौं, द्विपक्षीय सम्बन्धका तीन जोडीहरू (चीन–नेपाल, चीन–भारत र नेपाल–भारत) बीचको सकारात्मक अन्तक्र्रियाले तीन देशको आर्थिक र सामाजिक विकासलाई मात्र प्रवद्र्धन गर्दैन, क्षेत्रीय स्थायित्व र विकासमा समेत योगदान पुर्‍याउँछ,’ प्रवक्ता हुअले भनिन्, ‘हामी भारत र नेपालसँग त्रिपक्षीय सहकार्य कसरी बढाउने भन्नेबारे पहिल्याउन चाहन्छौं, ताकि तीन देशको साझा विकास अगाडि बढाउन सकियोस् ।’

 कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर