खबर पूर्वाञ्चल
पथरी समाचारदाता
असोज/छैठौं विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिता बुधबारदेखि पथरीमा सुरु हुने भएको छ ।
विरेन्द्रनगर क्रिकेट क्लबले शुभ दिपावली तथा छठ पर्वको अवसर पारि प्रतियोगिताकोे आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको हो ।
कात्र्तिक १२ गते सम्म हुने क्रिकेट प्रतियोगितामा झापा, मोरङ सुनसरीका १८ वटा क्रिकेट क्लबहरुको सहभागिता रहनेछ ।
जसमा आदर्श एकाडेमी बेलबारी, ड्रिम हाई क्रिकेट क्लब, डाँगीहाट, पथरीशनिश्चरे–११, रत्न युथ क्लब, न्यू स्टार क्लब, देवीगञ्ज युथ क्लब, संघीय युवा क्रिकेट क्लब, विर्तामोड क्रिकेट क्लब, दुधे क्रिकेट क्लब, एभरेष्ट एकेडेमी, उर्लाबारी आइतबारे क्रिकेट क्लब, राजघाट स्पोटिङ क्लब, कुशल चौक क्रिकेट क्लब, बी.सी.सी. दमक, न्यू दमक क्रिकेट क्लब, , धाइजन क्रिकेट क्लब, विरेन्द्रनगर क्रिकेट क्लब (रातो) र विरेन्द्रनगर क्रिकेट क्लब (सेतो) रहेका छन् ।
प्रतियोगिताको विजेताले नगद रु. २५ हजारका साथमा ट्रफी, मेडल, प्रमाण–पत्र अनि उपविजेताले नगद रु. १५ हजारका साथमा ट्रफी, मेडल, प्रमाण–पत्र पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटम्यान तथा उत्कृष्ट फिल्डरले पनि पुरस्कार पाउने आयोजकका संयोजक हेमन्त ओझाले जानकारी दिए ।